बन्दिपुरमा हुने तीज सप्ताहन्न उत्सवको महानायक राजेश हमालले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

बन्दिपुर, भदौ १४

पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजना गरिने तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गर्ने भएका छन् ।

तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत प्रतियोगिता हुने उक्त तीज सप्ताहन्न उत्सवको खड्गदेवी मन्दिर परिसरमा आयोजना गरिने विशेष कार्यक्रमको महानायक हमालले उद्घाटन गर्ने आयोजक समितिले जानकारी दिएको छ ।

उक्त उत्सव अन्तर्गत शनिबारबाट भदौ २२ गतेसम्म साताव्यापी तीज गीत प्रतियोगिता हुने भएको हो । बन्दिपुरलाई देश भित्र मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि परिचति गराउने मुख्य उद्देश्यले तीज सप्ताहन्न उत्सव आयोजना गरिएको कार्यक्रमका संयोजक एवं बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेका प्रबन्ध निर्देशक किरण पोख्रेलले बताए ।

बन्दिपुर गाउँपालिका मुख्य संरक्षक रहेको उक्त प्रतियोगिता बन्दिपुरमा क्रियाशिल संघ संस्थाहरु बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दिपुर, उद्योग वाणिज्य संघ बन्दिपुर इकाई, रेवान जिल्ला एसोसियसन, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति शाखा, सामुदायिक होमस्टे महासंघ बन्दिपुर, आरकेडी महिला उद्यमशिल क्लव तथा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा हुन गईरहेको पोख्रेलले बताए ।

उक्त साताव्यापी कार्यक्रम अन्तर्गत हरेक दिन बन्दिपुरका विभिन्न जात जातीका सांस्कृतिक झाँकीहरु तथा विभिन्न आमा समुह, युवा क्लव, विद्यार्थी तथा प्रतिभाहरु प्रस्तुत हुनेछन् । त्यसैगरि प्रतियोगिता अवधिभर हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरु प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोईराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, पशुपती शर्मा, रेशम निर्दाेष, सुनीता नेपाली, शान्ति डोटेल, सीता परियार लगायत अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।

प्रतियोगितालाई छनौट चरण, क्वाटर फाईनल, सेमी फाईनल र फाइनलको चरण हुँदै बिजेता र उपबिजेता घोषणा गरिने उक्त कार्यक्रम अन्तर्गतको सांस्कृतिक संयोजक तुलसीराम खनालले जानकारी दिए । फाइनल चरणमा तीजे दोहोरी पनि सन्चालन गरिने भएको छ ।
सो प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख १ हजार र प्रमाणपत्र, दोश्रो हुने टिमलाई ७५ हजार, तेश्रो हुने टिमलाई ५० हजार तथा सान्त्वना हुने टिमलाई २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक किरण पोख्रेलले जानकारी दिए । प्रतियोगितामा सहभागिताकोलागि ४० टिमले नाम दर्ता गराएको जनाईएको छ ।

उक्त पत्रकार सम्मेलनमा प्रतियोगिताका मुख्य संरक्षक एवं बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्रतियोगिताले बन्दिपुरको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगताले बन्दीपुरमा अवस्थित सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका मातृशक्तिरूपी देवीको प्रचार प्रसार हुने र धार्मिक पर्यटनमा समेत टेवा पुग्ने अध्यक्ष थापाले बताए । प्रतियोगिता अवधि भर बन्दिपुरमा कम्तीमा २० हजार हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य राखिएको अध्यक्ष थापाले बताए ।

चन्द्र निर्माण सेवा प्रालि पोखरा मुख्य प्रायोजक, डिजाइन स्टेसन प्रालि काठमाडौँ सह प्रायोजक रहने यस कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाहरूले विभिन्न विधाकोलागि प्रायोजन गर्ने समेत घोषणा गरेका छन् ।

उक्त उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर ‘खड्गदेवी मन्दिर’ प्राङ्गणमा हुने छ । प्रतियोगिता अवधिभर बन्दीपुर केबलकारले केबलकारको सवारीमा सांस्कृतिक पर्यटकहरूको लागी विशेष छुट समेत घोषणा गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अमेरिकामा १३२ वर्षपछि इतिहास दोहो¥याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

कार्तिक २१ अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि

व्यास जन्मभुमीको प्रचारकोलागि दमौलीमा हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ आयोजना

दमौली, कार्तिक २१ व्यास जन्मभुमि दमौली स्थित व्यास अन्न क्षेत्रमा हिन्दु महामिलन पर्व एवं ज्ञान