बर्तमान सत्ता समीकरण ०८४ सम्मै जान्छः सञ्चारमन्त्री गुरुङ

Devghat Online

शेयर गरौ

पोखरा, भदौ १५

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने ठोकुवा गरेका छन् । पोखरामा शनिबार बिहान प्रेस चौतारी गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण भत्किने कारण पनि नरहेको प्रष्ट पारे । ‘हाम्रो सरकार के कारणले ढल्छ ? निश्चित उदेश्य तय गरेर दुई ठूला दलबीच सत्ता सहकार्य भएको छ । सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन । त्यसैले सरकार ढल्ने कुरै छैन,’ सञ्चारमन्त्री गुरुङले भने ।

उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्ने बेलासम्म कसैको केही नलाग्ने र केही नहुने प्रष्ट पारे । उनीहरूबीच नै फाटो आउनसक्छ कि ? भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने बताए ।

अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै यसले पनि सरकार २०८४ को चुनावसम्म कायमै रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू