म्याग्देका विभिन्न योजनाको लागि मन्त्री समक्ष बजेट माग

Devghat Online

शेयर गरौ

दमौली, भदौ १५

म्याग्दे गाउँपालिकाका विभिन्न योजनाकोलागि भौतिक पुर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहाल समक्ष बजेट माग गरिएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाई म्याग्दे गाउँपालिकाका विभिन्न योजनाको लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरे ।

अध्यक्ष श्रेष्ठले म्याग्दे वडा नम्बर २ र ३ को घुम्ती मोटरमार्ग, वडा नम्बर २ र व्यास ६ जोड्ने बडरे, काफलथोक, पाटेचौर, भैसिखर्क हुँदै रानीटारी मोटरमार्ग कालोपत्रेको लागि बजेट उपलब्ध गराउन मन्त्री दाहाल समक्ष माग गरेका छन् ।

यसैगरि वडा नम्बर २ मा रहेको ल्यान्डफिल्ड साइडको लागि सडक कालोपत्रे सहित विभिन्न पुर्वाधार निर्माणकोलागि आबश्यक बजेट उपलब्ध गराउन, वडा नम्बर २ कै आदिवासी जनजाती संग्रहालय, वडा नम्बर १ र ७ को गुणादी खोला र म्याग्दे खोलाको बहि कायम गरि फुटट्रयाक बनाउन, पृथ्वीराजमार्गमा फुटपाथ र सडक बत्तीको लागि पनि मन्त्री दाहालसँग बजेट उपलब्ध गराउन अध्यक्ष श्रेष्ठले माग गरेका छन् ।

सो ज्ञापनपत्र बुझ्दै मन्त्री दाहालले यी मागहरु जतिसक्दो धेरै सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक