पत्रकार महासंघको निर्वाचन असोज ५ लाई तोकियो

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ १६

नेपाल पत्रकार महासंघको तिनै तहको निर्वाचन असोज ५ गतेको लागि तोकिएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलले आइतबार विज्ञप्ति प्रकाशित गरि आगामी भदौ ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराएका छन् । अध्यक्ष पोख्रेलले उक्त निर्वाचनलाई सफल बनाउन सबैसँग अनुरोध समेत गरेका छन् ।

नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारिता, श्रम अधिकार र नागरिक अधिकारको पक्षमा निरन्तर क्रियाशील नेपाली पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघको महाधिवेशन सम्पन्न भई निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने विषयमा केही विलम्ब हुनगएको भन्दै अध्यक्ष पोख्रेलले नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता छाएको बताए ।

समग्र नेपाली पत्रकारिता जगत संकटको घेरामा परेको बेला महासंघको नेतृत्व समयमै चयन भई आइपर्ने सबैखालका चुनौती सामना गरेर समग्र नेपाली सञ्चार क्षेत्रकै नेतृत्व लिनुपर्ने आवाज आफैंमा महत्वपूणर्मात्र होइन महासंघप्रतिको भरोसाका रुपमा समेत लिन सकिने अध्यक्ष पोख्रेलले बताए ।

महासंघमा लामो समयदेखि वहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महत्वपूर्ण उपलब्धि हासिल भएको भन्दै पोख्रेलले यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपुर्ण हुने विश्वास लिएको बताए ।
महासंघको निर्वाचन यस अघि दुई पटक मिति तोकिएर पनि अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू