बन्दीपुरमा काम नगर्ने व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस

Devghat Online

शेयर गरौ

बन्दीपुर, भदौ १६

समयमै निर्माणको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न बन्दिपुर गाउँपासिलकाले सिफारिस गरेको छ । ठेक्का लिएको ६ बर्ष सम्म पनि काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न बन्दीपुर गाउँपालिकाले सिफारिस गरेको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाकाले आर्थिक वर्ष २०७६÷७७ मा वडा नम्बर २ को कार्यालय भवन रु ६५ लाख ३८ हजार ९ सय २७ रुपैयाँ ६४ पैसामा लगाइएको ठेक्का तोकिएको समयभित्र काम नगरी पटक–पटक म्याद थप गर्दासमेत सम्पन्न नगरे पश्चात मङ्गलबार बसेको कार्यपालिका बैठकले निर्माण कम्पनी खड्गदेवी कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्नको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्रचार गरेको गाउँपालिकाका इन्जिनियर आशिष पोखरेलले बताए ।

बन्दीपुरमा बिभिन्न योजनाहरू समयमै ठेक्का लगाएतापनि ठेकेदारहरूको बदमाशीले गर्दा योजनाहरू अलपत्र परेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताए । समयमै योजना सम्पन्न गर्ने ताकेता गाउँपालिकाले निरन्तर गर्दै आइरहेको र ठेक्का लिएर ओगट्ने विभिन्न कारण देखाएर योजना सम्पन्न नगर्ने ठेकदारलाई ठेक्का तोडी नियमानुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास