देवघाटमा महिला शान्ति र सुरक्षा सम्बन्धी प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वय समिति गठन

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १७

संयुक्त राष्ट्र संघको महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयनको लागि देवघाट गाउँपालिकामा कार्यान्वय समिति गठन गरिएको छ । देवघाट गाउँ कार्यपालिकाको हालै सम्पन्न कार्यपालिकाको बैठकले गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वय सम्बन्धि दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वय समिति गठन गरेको हो ।

उक्त समितिको सदस्यहरुमा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक मित्रलाल गुरुङ, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज ध्रुव नारयण श्रेष्ठ, गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने, देवघाट युवा तथा खेलकुँद समितिका अध्यक्ष अमर बहादुर फेवाली रहेका छन् ।

यसैगरि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकी, देवघाट धर्मार्थ अस्पतालका मेडिकल अधिकृत डा.सुरजकुमार गुप्ता, नेपाल रेडक्रस सोसाईटी देवघाट शाखाका प्रतिनिधि माधवप्रसाद उपाध्याय, गाउँपालिकका प्रशासन शाखाका प्रमुख गोविन्दप्रसाद पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सपना क्षेत्री, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, देवघाट दलित सन्जालका अध्यक्ष चन्द्रप्रकाश विक, एकल महिला सन्जाल देवघाटकी अध्यक्ष निरमाया सिंजाली रहेका छन् ।

उक्त समितिको सदस्य सचिवमा गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त रहेका छन् । उक्त समितिले स्थानीय तहमा महिलाको सुरक्षा तथा विभिन्न प्रक्रियामा महिलाको समान सहभागिताको लागि कार्यक्रम सन्चालन गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि