देवघाटमा महिला शान्ति र सुरक्षा सम्बन्धी प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वय समिति गठन

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १७

संयुक्त राष्ट्र संघको महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयनको लागि देवघाट गाउँपालिकामा कार्यान्वय समिति गठन गरिएको छ । देवघाट गाउँ कार्यपालिकाको हालै सम्पन्न कार्यपालिकाको बैठकले गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वय सम्बन्धि दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वय समिति गठन गरेको हो ।

उक्त समितिको सदस्यहरुमा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक मित्रलाल गुरुङ, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज ध्रुव नारयण श्रेष्ठ, गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने, देवघाट युवा तथा खेलकुँद समितिका अध्यक्ष अमर बहादुर फेवाली रहेका छन् ।

यसैगरि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकी, देवघाट धर्मार्थ अस्पतालका मेडिकल अधिकृत डा.सुरजकुमार गुप्ता, नेपाल रेडक्रस सोसाईटी देवघाट शाखाका प्रतिनिधि माधवप्रसाद उपाध्याय, गाउँपालिकका प्रशासन शाखाका प्रमुख गोविन्दप्रसाद पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सपना क्षेत्री, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, देवघाट दलित सन्जालका अध्यक्ष चन्द्रप्रकाश विक, एकल महिला सन्जाल देवघाटकी अध्यक्ष निरमाया सिंजाली रहेका छन् ।

उक्त समितिको सदस्य सचिवमा गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त रहेका छन् । उक्त समितिले स्थानीय तहमा महिलाको सुरक्षा तथा विभिन्न प्रक्रियामा महिलाको समान सहभागिताको लागि कार्यक्रम सन्चालन गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले