देवघाटमा जारी महिला फुटवलको फाईनलमा राप्ती र भरतपुर–२३ भिड्ने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १७

देवघाट युवा जागरण नेपालद्वारा देवघाटमा आयोजित सेन्ट्रल कलेज प्रथम नकआउट महिला फुटबल प्रतियोगिताको फाइनलमा राप्ती फुटवल टिम र भरतपुर–२३ भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको दोश्रो सेमिफाइनल खेलमा भरतपुर–२३ रत्तप्रिय क्वललाई पेनाल्टी मार्फत ४–२ गोल अन्तरले हराएर फाईनल पुगेको थियो । उक्त खेलको निर्धारित समयमा दुबै टिमबाट समान १–१ गोल भएपछि पेनाल्टी हानिएको थियो ।

उक्त खेलमा म्यान अफ द म्याच भरतपुर–२३ को जर्सि नम्बर ७ उमा राना बन्न सफल भइन् । यसअघि पहिलो सेमी फाईनलमा राप्ती फुटवल क्लवले दमौलीको हैरान्स क्लवलाई ४–० गोल अन्तरले हराएर फाईनलमा पुगेको थियो । फाईनल खेल बुधबार दिउँसो २ बजे देवघाट खेलकुँद मैदानमा हुने आयोजकले जनाएको छ ।

महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा देवघाट युवा जागरण समाजको आयोजना तथा देवघाट खेलकुँद विकास समिति र तनहुँ जिल्ला फुटवल संघको संरक्षकत्वमा एवं सेन्ट्रल कलेज भरतपुरको मुख्य प्रायोजनामा ‘स्वास्थ्यकोलागि खेलकुँद राष्ट्रको लागि खेलकुँद, लैङ्गिक समानताको लागि खेलकुँद’ भन्ने मुल नाराका साथ देवघाट गाउँपालिका–५ स्थित फुटवल मैदानमा आयोजना गरिएको उक्त प्रतियोगिको बिजेता टिमले ५० हजार ५५५ र उपबिजेताले २५ हजार ५५५ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्तीमा ढिलाई, नियुक्तीमा ढिलाई हुँदा थप नयाँ पात्रहरु मैदानमा

देवघाट । असार २४ तनहुँ, चितवन र नवलपुर जिल्ला समेट्ने प्रसिद्ध धार्मिक स्थल देवघाटको बृहत्तर