देवघाटमा जारी महिला फुटवलको फाईनलमा राप्ती र भरतपुर–२३ भिड्ने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १७

देवघाट युवा जागरण नेपालद्वारा देवघाटमा आयोजित सेन्ट्रल कलेज प्रथम नकआउट महिला फुटबल प्रतियोगिताको फाइनलमा राप्ती फुटवल टिम र भरतपुर–२३ भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको दोश्रो सेमिफाइनल खेलमा भरतपुर–२३ रत्तप्रिय क्वललाई पेनाल्टी मार्फत ४–२ गोल अन्तरले हराएर फाईनल पुगेको थियो । उक्त खेलको निर्धारित समयमा दुबै टिमबाट समान १–१ गोल भएपछि पेनाल्टी हानिएको थियो ।

उक्त खेलमा म्यान अफ द म्याच भरतपुर–२३ को जर्सि नम्बर ७ उमा राना बन्न सफल भइन् । यसअघि पहिलो सेमी फाईनलमा राप्ती फुटवल क्लवले दमौलीको हैरान्स क्लवलाई ४–० गोल अन्तरले हराएर फाईनलमा पुगेको थियो । फाईनल खेल बुधबार दिउँसो २ बजे देवघाट खेलकुँद मैदानमा हुने आयोजकले जनाएको छ ।

महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा देवघाट युवा जागरण समाजको आयोजना तथा देवघाट खेलकुँद विकास समिति र तनहुँ जिल्ला फुटवल संघको संरक्षकत्वमा एवं सेन्ट्रल कलेज भरतपुरको मुख्य प्रायोजनामा ‘स्वास्थ्यकोलागि खेलकुँद राष्ट्रको लागि खेलकुँद, लैङ्गिक समानताको लागि खेलकुँद’ भन्ने मुल नाराका साथ देवघाट गाउँपालिका–५ स्थित फुटवल मैदानमा आयोजना गरिएको उक्त प्रतियोगिको बिजेता टिमले ५० हजार ५५५ र उपबिजेताले २५ हजार ५५५ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु