घिरिङमा जिप दुर्घटना हुँदा तीन जना घाइते

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, भदौ १८

मानपुर–डेडगाउँ सडक खण्ड अन्तर्गत घिरिङ गाउँपालिका–४ पुर्कोट बरभन्ज्याङ्गमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

१२ जना यात्रु बोकेर भिमादबाट नवलपुरको बुलिङ्गटार तर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको जिप ब्रेकफेल भई ढिस्कोमा ठोक्किई दुर्घटना भएको उक्त जिपका सह–चालकले बताए । घाइते हुनेहरुमा ऋषिङ्ग गाउँपालिका–५ घर भएका जिप चालक २९ बर्षिय सोम कुमार श्रेष्ठ, बुलिङ्गटार गाउँपालिका–३ स्वामिडाँडा नवलपुरकी ४० बर्षिया तिला बिक र उनकी १९ छोरी १९ बर्षिया अस्मिता विक रहेकी छिन् ।

चालक श्रेष्ठ र तिलाको हात भाँचिएको छ भने अस्मिताको टाउकोमा चोट लागेको पोखरीछाप प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक उमेश कुमार यादबले जानकारी दिए ।

घाइतेहरुलाई उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाईएको यादवले जानकारी दिए । घाइतेहरुलाई वडा अध्यक्ष भिम बहादुर कुमाल, प्रहरीको टोली र स्थानीयहरुले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले