देवघाटमा आयोजित महिला फुटवलको उपाधी राप्ती फुटवल क्लबलाई

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ १९

देवघाट युवा जागरण समाज नेपालद्वारा देवघाटमा आयाेजित प्रथम सेन्ट्रल कलेज नकआउट महिला फुटबल प्रतियाेगिताकाे उपाधि राप्ती फुटबल क्लवले हात पारेको छ ।

उपाधीको लागि बुधबार भएको फाईनल खेलमा राप्तीले भरतपुर-२३ लाई ७-० गोल अन्तरले पराजित गरेको हो । देवघाट खेलकुद मैदानमा भएको उक्त प्रतियोगिताको उपाधीसँगै राप्ती फुटवल क्लवले ५५ हजार नगद, ट्रफी र प्रमाणपत्र पायो । उपबिजेता भएको भरतपुर-२३ ले २५ हजार ५५५ नगदमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगिता अवधिभरको उत्कृष्ट गाेलरक्षक राप्तीकी साेनु मैनाली, सर्वाधिक गाेलकर्ता भरतपुर-२३ की उमा राना मगर र उत्कृष्ट खेलाडी राप्तीकी ग्याङ्छु डाेल्मा भइन् ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ र आयोजकका पदाधिकारीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको बारेका देवघाट युवा जागरण समाजले आगामी भदौ २२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गरि जानकारी गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त