देवघाटमा आयोजित महिला फुटवलको उपाधी राप्ती फुटवल क्लबलाई

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ १९

देवघाट युवा जागरण समाज नेपालद्वारा देवघाटमा आयाेजित प्रथम सेन्ट्रल कलेज नकआउट महिला फुटबल प्रतियाेगिताकाे उपाधि राप्ती फुटबल क्लवले हात पारेको छ ।

उपाधीको लागि बुधबार भएको फाईनल खेलमा राप्तीले भरतपुर-२३ लाई ७-० गोल अन्तरले पराजित गरेको हो । देवघाट खेलकुद मैदानमा भएको उक्त प्रतियोगिताको उपाधीसँगै राप्ती फुटवल क्लवले ५५ हजार नगद, ट्रफी र प्रमाणपत्र पायो । उपबिजेता भएको भरतपुर-२३ ले २५ हजार ५५५ नगदमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगिता अवधिभरको उत्कृष्ट गाेलरक्षक राप्तीकी साेनु मैनाली, सर्वाधिक गाेलकर्ता भरतपुर-२३ की उमा राना मगर र उत्कृष्ट खेलाडी राप्तीकी ग्याङ्छु डाेल्मा भइन् ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ र आयोजकका पदाधिकारीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको बारेका देवघाट युवा जागरण समाजले आगामी भदौ २२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गरि जानकारी गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा