बन्दिपुर, भदौ २०
हरितालिका तीजको अवसरमा गत भदौ १५ गतेबाट बन्दीपुरमा सन्चालन भैरहेको तीज उत्सव अन्तर्गतको तीजे गीत प्रतियोगितामा छनौट चरण सकिई विहिबारबाट फाईनल चरण सुरु भएको छ । ४५ टिमबाट छनौट भई २१ टिम फाइनल चरणका लागि प्रवेश पाएका छन् ।



फाईनल चरणमा प्रवेश पाएका समुहहरुमा भीजन एजुकेशन कावासोती, पुर्कोट युनेश्को क्लब, व्यास ज्योति धर्म जागरण समूह, नाहला आमा समूह, क्षेत्री समाज, सांस्कृतिक समिति, तनहुँ, केराबारी आमा समूह, बन्दिपुर रहेका छन् । यसैगरि जनकल्याण आमा समूह, खहरे आमा समूह, एकता मगर समाज, म्याग्दे, नारी सेवा आमा समूह, ड्राइभ इन सिस्टर समूह, सिद्ध बेनी मावि व्यास १३, सशक्तीकरण महिला लघु उद्दमशील समूह फाईनल चरणमा पुगेका छन् ।
यसैगरि भानु हरियाली प्राकृतिक कृषक समूह, पालुङटार मगरस्तरीय महिला सन्जाल, बाग्लुङ कालिका भजन कीर्तन सत्सङ समूह, बडहरबोट आमा समूह पोखरा–१६, दीपज्योति आमा समूह, दमौली, खड्गमाइ आमा समूह, बन्दीपुर र अकला मावि पालुङटार फाइनल चरणमा पुगेको कार्यक्रममा सांस्कृतिक संयोजक तुल्सीप्रभास खनालले जानकारी दिए । प्रतियोगिता अन्तर्गतको फाइनल चरण बुधबारबाट सुरु भएको छ । प्रतियोगितामा भदौ २२ गते शनिबार सम्पन्न हुनेछ ।
बन्दिपुरलाई देश भित्र मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि परिचति गराउने मुख्य उद्देश्यले तीज सप्ताहन्न उत्सव आयोजना गरिएको कार्यक्रमका संयोजक एवं बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेका प्रबन्ध निर्देशक किरण पोख्रेलले बताए ।
बन्दिपुर गाउँपालिका मुख्य संरक्षक रहेको उक्त प्रतियोगिता बन्दिपुरमा क्रियाशिल संघ संस्थाहरु बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दिपुर, उद्योग वाणिज्य संघ बन्दिपुर इकाई, रेवान जिल्ला एसोसियसन, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति शाखा, सामुदायिक होमस्टे महासंघ बन्दिपुर, आरकेडी महिला उद्यमशिल क्लव तथा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा भईरहेको छ ।
सो प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख १ हजार र प्रमाणपत्र, दोश्रो हुने टिमलाई ७५ हजार, तेश्रो हुने टिमलाई ५० हजार तथा सान्त्वना हुने टिमलाई २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।