देवघाटमा सरसफाई तथा बृक्षारोपण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ २०

देवपुर टोल विकास संस्था र इलाका प्रहरी कार्यालय देवघाटको समन्वयमा विहिबार देवपुर टोलमा सरसफाई तथा बृक्षारोपण आयोजना गरिएको छ ।

पछिल्लो समय देवघाटमा डेंगुको प्रकोप देखिन थालेपछि डेंगुबाट बच्नको लागि आफ्नो वरपरको वातारण सरसफाई गर्नुपर्ने बोध गराउन उक्त कार्यक्रम आयोजना गरिएको देवपुर टोल विकास संस्थाका अध्यक्ष शुकुलाल गुरुङले बताए । साथै आफ्नो वरपरको वातारण सरसफाईसँगै हरियाली बनाउने उद्देश्यले बृक्षारोपण पनि गरिएको अध्यक्ष गुरुङले बताए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङ, इलाका प्रहरी कार्यालय देवघाटका प्रहरीहरु तथा देवपुर टोल विकास संस्थाका पदाधिकारी, सदस्य तथा उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सव डिभिजन वन कार्यालय देवघाटबाट प्राप्त मेङ्गोस्टिन तथा कपुर गरि १ सय वटा बिरुवा रोपिएको थियो । पछिल्लो समय देवघाटमा पनि डेंगुको प्रकोप बढ्न थालेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार देवघाटका ९ जनामा डेंगु संक्रमण भएको छ ।

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले आफ्नो वरवरको वातारण सरसफाई गरि डेंगुबाट आफुपनि बच्ने र अरुलाई पनि बचाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा