देवघाटमा सरसफाई तथा बृक्षारोपण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ २०

देवपुर टोल विकास संस्था र इलाका प्रहरी कार्यालय देवघाटको समन्वयमा विहिबार देवपुर टोलमा सरसफाई तथा बृक्षारोपण आयोजना गरिएको छ ।

पछिल्लो समय देवघाटमा डेंगुको प्रकोप देखिन थालेपछि डेंगुबाट बच्नको लागि आफ्नो वरपरको वातारण सरसफाई गर्नुपर्ने बोध गराउन उक्त कार्यक्रम आयोजना गरिएको देवपुर टोल विकास संस्थाका अध्यक्ष शुकुलाल गुरुङले बताए । साथै आफ्नो वरपरको वातारण सरसफाईसँगै हरियाली बनाउने उद्देश्यले बृक्षारोपण पनि गरिएको अध्यक्ष गुरुङले बताए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङ, इलाका प्रहरी कार्यालय देवघाटका प्रहरीहरु तथा देवपुर टोल विकास संस्थाका पदाधिकारी, सदस्य तथा उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सव डिभिजन वन कार्यालय देवघाटबाट प्राप्त मेङ्गोस्टिन तथा कपुर गरि १ सय वटा बिरुवा रोपिएको थियो । पछिल्लो समय देवघाटमा पनि डेंगुको प्रकोप बढ्न थालेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार देवघाटका ९ जनामा डेंगु संक्रमण भएको छ ।

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले आफ्नो वरवरको वातारण सरसफाई गरि डेंगुबाट आफुपनि बच्ने र अरुलाई पनि बचाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले