तीजको अवसरमा विभिन्न स्थानमा गीत प्रतियोगता र कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २०

हरितालिका तीजको अवसरमा जिल्लाका विभिन्न पालिकामा तीज गीत प्रतियोगिता र विभिन्न कार्यक्रम हुने भएका छन् । स्थानीय तहको सहयोगमा विभिन्न संघ संस्थाको आयोजनामा शुक्रबार जिल्लाभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

न्यु भिजन युथ क्वल म्याग्दे गाउँपालिका–२ जामुनेको आयोजनामा शुक्रबार र शनिबार शनिबार जामुने बजारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । भिरपानी सामुदायिक वन उ.समुह, जामुने टोल विकास संस्था, जामुने खानेपानी तथा सरसफाई उपभोक्ता समिति र न्यु भिजन साउदी परिवारको सह–आयोजना तथा म्याग्दे गाउँपालिका कार्यालय, वडा नम्बर २ कार्यालयको विशेष सहयोगमा आयोजित उक्त प्रतियोगिताको राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

क्वलले तीजको अवसरमा हरेक वर्ष खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस पटकको प्रतियोगिता १२ औं सस्करणको रहेको क्वलका अध्यक्ष राजिव श्रेष्ठले बताए । प्रतियोगितामा गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः २० हजार २२२, १३ हजार ३३३ र ७ हजार ७७७ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । यसैगरि नृत्य तर्फ गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र २ हजार २२२ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने क्वलका सचिव अमिर श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगितामा गायिकाद्वय भुमिका गिरी र चिना थापा मगरको विशेष उपस्थिती रहने क्वलका निवर्तमान अध्यक्ष एवं कलाकार संयोजक सन्दिप रानाभाटले जानकारी दिए ।

यसैगरि तीजको अवसरमा उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल इकाईको आयोजनामा शुक्रबार मध्यनेपाल नपा–४ दुईपिप्ले बजारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार, द्वित्तिय हुने टिमलाई १५ हजार, तृतिय हुनेलाई ५ हजार तथा सान्त्वना हुने टिमलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल इकाईका अध्यक्ष रमेशचन्द्र शर्माले जानकारी दिए । त्यस्तै उत्कृष्ट नृत्यकारलाई १ हजार नगद पुरस्कार तथा सहभागी हुने टिम (बिजयी बाहेकलाई) यात्रा खर्च उपलब्ध गराइनेछ ।

यस्तै गरि यसै अवसरमा देवघाट गाउँपालिकाको सहयोगमा देवघाट महिला सन्जालले पनि शुक्रबार तीज विशेष कार्यक्रम गर्ने भएको छ । देवघाट गाउँपालिकाका सबै महिला दिदी बहिनीहरुलाई समावेश गरि सन्जालले हरितालिका तिजको दिन भदौ २१ गते देवघाट गाउँपालिका–५ मा रहेको हाटबजारमा विहान ११ बजेबाट तीज विशेष कार्यक्रम गर्न लागेको सन्जालकी सचिव एजिला अधिकारीले जानकारी दिइन् ।

अप्रतियोगी रुपमा सन्चालन गरिने उक्त कार्यक्रममा महिला दिदी बहिनीहरुले गाउने गित नारी जागरण तथा सशक्तिकरणसँग सम्बन्धित हुनुपर्ने, उपस्थिती हुने महिला दिदी बहिनीहरुले लगाउने पोशाक स्थानीय कला र संस्कृती झल्कने हुनुपर्ने सन्जालकी सचिव अधिकारीले बताइन् । आफ्नो प्रस्तुतीमा कुनै व्यक्ति, धर्म, संस्कृति, सम्प्रदाय, राजनीतिक दल तथा अन्य विशेष समुहहरुलाई आक्षेप लगाउन नपाउने नियम राखिएको सचिव अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना