जामुनेमा आयोजना हुने तीज गीत प्रतियोगिताको सांसद न्यौपानेले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, भदौ २०

न्यु भिजन युथ क्वल म्याग्दे गाउँपालिका–२ जामुनेको आयोजनामा शुक्रबार र शनिबार जामुने बजारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ ।

भिरपानी सामुदायिक वन उ.समुह, जामुने टोल विकास संस्था, जामुने खानेपानी तथा सरसफाई उपभोक्ता समिति र न्यु भिजन साउदी परिवारको सह–आयोजना तथा म्याग्दे गाउँपालिका कार्यालय, वडा नम्बर २ कार्यालयको विशेष सहयोगमा आयोजित उक्त प्रतियोगिताको राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

क्वलले तीजको अवसरमा हरेक वर्ष खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस पटकको प्रतियोगिता १२ औं सस्करणको रहेको क्वलका अध्यक्ष राजिव श्रेष्ठले बताए । प्रतियोगितामा गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः २० हजार २२२, १३ हजार ३३३ र ७ हजार ७७७ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

 

यसैगरि नृत्य तर्फ गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र २ हजार २२२ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने क्वलका सचिव अमिर श्रेष्ठले जानकारी दिए ।

साथै प्रतियोगितामा सहभागी हुने सबै टिमलाई यातयात खर्च वापत १ हजार रुपैयाँ प्रदान गरिने क्वलका निवर्तमान अध्यक्ष एवं कलाकार संयोजक सन्दिप रानाभाटले जानकारी दिए । उक्त प्रतियोगितामा गायिकाद्वय भुमिका गिरी र चिना थापा मगरको विशेष उपस्थिती रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले