युरोपको माल्टामा तीज कार्यक्रम मनाइदै

Devghat Online

शेयर गरौ

सेप्टेम्बर ६ , माल्टा

युरोपको माल्टामा आज  नेपालीहरुको महान चाड हरितालिका तीज मनाइने भएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एन आरएनए) माल्टाले नेपालीहरुको महान चाड हरितालिका तीजको दिन आज ६ तारीख बेलुका ४ बजेबाट राती १० बजे सम्म जीराको अफ्रियम थ्रीयटरमा  तीज विशेष कार्यक्रम गर्न लागिएको आयोजक संस्था एन आरएनए माल्टाले जानकारी दिएका छन् ।

कार्यक्रमलाई भव्य र सफल बनाउँन लोक गायक सन्तु थापा संगै स्थानीय कलाकारहरूले थप मनोरञ्जन प्रदान गर्ने एनआरएनए माल्टाकी महिला संयोजक धनु लामाले बताइन् ।

संयोजक लामाले प्रवासमा रहेर पनि  एक आपसमा आत्मीयता साटासाट गर्दै सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान बोकेको यस पर्वलाई जोगाइ राख्न  र विश्वभर रहेका नेपाली नारीहरुको पहिचान काय राख्दै मनोरञ्जन लिन  समेत  यस पर्व  मनाउन लागिएको बताइन् ।

उनले  गत वर्ष विभिन्न कारणबस सोचेजस्तो नभएको भन्दै यसपालि  भब्यताका साथ तीज मनाइने हुँदा सम्पुर्ण नेपाली मनहरुमा सभ्यताका साथ कार्यक्रममा उपस्थित भइदिन समेत अनुरोध गरेकी छिन्। उनका अनुसार नेपालीपन, पहिचान तथा संस्कृति जोगाउन र यस कार्यक्रमले नेपालीहरु बिचको सम्बन्धलाई थप प्रगाढ बनाइ  संस्थालाई थप उचाइमा पुर्याउन सकिने विश्वास छ।

कार्यक्रममा सहभागी हुने महिलाहरुका लागि प्रवेश निःशुल्क रहनुका साथै पुरुषका लागि भने ५ युरो तोकिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले