दुइपिप्लेमा तीज गीत प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ २२

हरितालिका तीजको अबसरमा शुक्रबार लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुईपिप्ले बजारमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरियो ।

उद्योग वाणिज्य संघ दुइपिप्ले सोतीपसल इकाईको आयोजनामा भएको उक्त प्रतियोगिताको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशबाबु पाण्डेले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा कुभिन्डे टोलसुधार समिति प्रथम, भैरवकाली मावि ए समूह द्वितीय, सिर्जनशिल आमा समुह र विपिचोक दिदिबहिनी समूह तृतिय तथा भैरवकाली मावि समूह सान्त्वना भएका थिए ।
प्रथम, द्वितीय, तृतीय र सन्त्वना हुने समुहलाई क्रमश: २० हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल इकाईका अध्यक्ष रमेशचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशबाबु पाण्डे, मध्यनेपाल नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ लमजुङका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगितामा कुल २३ टिमको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा नेवारी कला र संस्कृति समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको