देवघाटमा आयोजित महिला फुटवलबारे सार्वजानिक सुनुवाईः प्रतियोगितामा २ लाख ९० हजार खर्च

Devghat Online

शेयर गरौ

देवघाटमा स्तरीय खेलमैदान बनाउन माग

देवघाट, भदौ २२

देवघाट युवा जागरण समाज नेपालद्वारा देवघाटमा गत भदौ १० देखी १९ गतेसम्म आयोजित प्रथम सेन्ट्रल कलेज नकआउट महिला फुटबल प्रतियोगितामा २ लाख ९० हजार १० रुपैयाँ खर्च भएको छ ।

खेलकुँद विकास समिति र तनहुँ जिल्ला फुटवल संघको संरक्षकत्वमा ‘स्वास्थ्यकोलागि खेलकुँद राष्ट्रको लागि खेलकुँद, लैङ्गिक समानताको लागि खेलकुँद’ भन्ने मुल नाराका साथ देवघाट गाउँपालिका–५ स्थित खेलकुँद मैदानमा आयोजित उक्त प्रतियोगितामा २ लाख ९० हजार १० रुपैयाँ खर्च भएको शनिबार देवघाटमा प्रतियोगिताबारे आयोजित सार्वजनिक सुनुवाई तथा सम्मान कार्यक्रममा जानकारी दिईयो ।

 

प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५५५ रुपैयाँ चितवनको भरतपुर स्थित सेन्ट्रल कलेजले उपलब्ध गराएको थियो । त्यसैगरि विभिन्न संघ संस्था तथा व्यक्तिगत तर्फबाट गरि २ लाख २१ हजार १९२ रुपैयाँ संकलन भएको प्रतियोगिताका संयोजक सन्दिप ढकालले जानकारी दिए ।

 

देवघाट युवा जागरण समाजका अध्यक्ष अन्जन सुनारको अध्यक्षतामा आयोजित सार्वजानिक सुनुवाई कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाटको अधुरो खेलमैदानलाई पुरा गराउने बताए । यस अघिका जनप्रतिनिधिले वडा नम्बर ३ बाहेक सबै वडामा खेलकुँद मैदान निर्माण गरिसकेको हुँदा अब आफुहरुले उक्त खेल मैदानको स्तरोन्नती गर्ने अध्यक्ष थापाले बताए । गाउँपालिकाले खेलकुँदको क्षेत्रमा भएको बजेट सबैलाई विनियोजन गरिसकेको भन्दै अध्यक्ष थापाले राम्रो खेलमैदान बनाउन गाउँपालिकाको आधा बजेट हालेपनि नपुग्ने बताए ।

खेलकुँद विकास समिति देवघाटका अध्यक्ष अमर फेवालीले आफ्नो कार्यकाल भरि एउटा न एउटा खेल मैदान सम्पन्न गर्ने यदि यसमा स्थानिय सरकारले साथ नदिए युवाहरुलाई समेटेर काम गर्ने बताए । उनले युवाहरु कसरी अगाडी बढ्नु पर्छ भन्ने सन्देश गाउँपालिकालाई दिने बताए । देवघाटका युवाहरु खेलप्रेमी रहेको र सबैले खेलमैदानको आवश्यकता महशुस गरेको तर हात खुट्टा बाँधेर राखे पछि ग्राउडमा नाच भनेर त नाच्न त सकिँदैन भन्दै खेलाडीको प्रतिभा प्रस्फुटनको लागि पनि राम्रो खेलमैदान हुनु पर्ने फेवालीले बताए ।


खेलकुद समिति देवघाटका पुर्व अध्यक्ष सुकु गुरुङले यस अघि देवपुर टोल विकास संस्थाले आयोजना गरेको सेभेन ए साइडको खेलको पनि चाँडै नै सार्वजानिक सुनुवाई गर्ने बताए । देवघाटमा ११ ए साइडको लागि खेल मैदान नभएकोमा हिजोको दिनमा सार्वजनिक जग्गा छुट्याएको आज व्यक्तिले त्यो जग्गा उपभोग गरिरहेको छ तर स्थानिय सरकार यसमा मौन रहेको गुरुङले बताए । अव सबै लागि परेर खेलमैदान निर्माणको लागि सार्वजनिक जग्गा खोज्न गुरुङले आग्रह गरे ।

देवघाट खेलकुद समितिका पुर्व सदस्य बल बहादुर क्षेत्रीले देवघाटमा राम्रो र उपयुक्त खेलमैदान नभएको हुँदा राम्रो खेलाडी उत्पादन हुन नसकेको बताए । देवघाटमा निर्माणाधिन कवर्डहल पनि मापदण्ड अनुसारको नरहेको क्षेत्रीले बताए । कवर्डहल कम्तीमा पनि ३०/३२ मिटरको हुनु पर्ने तर देवघाटमा निर्माणाधिन कवर्डहल २५ मिटर मात्रै रहेको हुँदा प्राविधिकले कसरी पास गर्यो भन्ने प्रश्न क्षेत्रीले गरे । स्थानिय सरकारले खेलमैदानमा चासो दिएर आफुलाई बोलाएमा कुटो र कोदालो लिएर आउने तथा अतिक्रमण गरेको जग्गाको मान्छेलाई लखट्न लौरो बोकेर आउन पनि तयार रहेको क्षेत्रीले बताए । खेलकुद समितिको कार्यसमिति बनाउने बेलामा सबै तछाडमछाड गरि अघि बढ्ने अहिले काम नगर्ने र अहिले खेलकुद समिति निस्कृय भएको क्षेत्रीले आरोप लगाए ।

वडा नम्बर ५ खेलकुद समितिका अध्यक्ष टीका रानाले स्थानिय सरकारले खेलकुँदको क्षेत्रलाई चासो नदिएको बताए । खेलमैदान नहुँदा देवघाटमा खेलाडी उत्पादन नभएको र खेल खेलाउँदा बाहिरबाट खेलाडी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।


देवघाट महिला सञ्जालकी उपाध्यक्ष माया शर्माले देवघाटमा पहिलो पटक महिला फुटवल प्रतियोगिता आयोजना गरेर महिला खेलाडीको सम्मान र प्रतिभा प्रस्फुटन गरेकोमा महिला सन्जाल निकै खुसी भएको बताइन् ।

उक्त कार्यक्रममा प्रतियोगता सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ सस्था तथा सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो ।

तश्विरहरुः विष्णु मगर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको