दमौली, भदौ २४
भानु नगरपालिका र व्यास नगरपालिकाको दमौलीमा शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गताको पहिचान, स्वास्थ्य परिक्षण तथा पुनस्थापना शिविर हुने भएको छ । विकलाङ्ग मित्र समुह तथा अपाङ्गता बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको आयोजना तथा तनहुँ जिल्लाका विभिन्न स्थानीय तह एवं अपाङ्गतासँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा आगामी भदौ २७ गते भानु नपा–२ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र नारेश्वरटार र भदौ २८ गते स्वास्थ्य कार्यालय तनहुँको परिसरमा १८ वर्ष उमेर सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनस्थापना शिविर हुने भएको हो ।
शिविरमा जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर शरिरका अङ्गहरु एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो हड्डी नजोडिएको, खुट्टा लुलो र कमजोर भएको, ढाँड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाङ्ग्रो खुस्किएको तथा जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएका बालबालिकाको अपाङ्गता पहिचान र स्वास्थ्य परिक्षण हुने अपाङ्गता बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाका प्रतिनिधि शालिकराम तिमिल्सेनाले बताए ।
यसैगरि हड्डी पाकेर पिप आइरहने र हड्डीको टिवि रोग लागेको, औंलाहरु एक आपसमा टाँसिएको वा बढि भएको, शरिरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको तथा सहायक सामाग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरु एवं ओठ, तालु फाटेका, अन्य हाडजोर्नी सम्बन्धि समस्या भएका सबै बालबालिकाहरुको स्वास्थ्य परिक्षण हुने हुँदा यस्तो समस्या भएका बालबालिकालाई शिविराम ल्याउन तिमिल्सेनाले अनुरोध गरे ।
अपा∙ता अधिकारकर्मी मदन पौडेलले उक्त शिविर अपा∙ता भएका बालबालिकाहरुकोलागि निकै महत्वपुर्ण भएको हुँदा अपा∙ता भएका बालबालिका र उनीहरुका अभिभावकले उक्त शिविरको फाईदा लिनुपर्ने बताए । आफुलाई पायक पर्ने स्थान भएको शिविरमा आफ्ना अपा∙ता भएका बालबालिकालाई ल्याई अपा∙ताको पहिचान गर्नुपर्ने पौडेलले बताए ।