विष्णु मगर । देवघाट, भदौ २४
देवघाट ४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजना तथा देवघाट गाउँपालिकाको प्राविधिकको सहयोगमा खानेपानी मर्मत सम्भार कार्यकर्ताहरुको लागि १० दिने प्लम्बिङ सम्बन्धी तालिम सुरु भएको छ ।
देवघाट ४ बगन्धी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा देवघाट वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौरी प्रसाद आचार्य, कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, नेकपा ऐमाले देवघाट गाउपालिका पुर्व अध्यक्ष केशवचन्द्र न्यौपाने, वडा नम्बर ५ का वडा सदस्य यम बहादुर मगर लगायतले तालिम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य देवघाट ४ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको उपाध्यक्ष बल वहादुर क्षेत्रीले राखेका थिए ।