देवघाटमा खानेपानी मर्मत सम्भारकर्तालाई प्लम्बिङ तालिम

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ २४

देवघाट ४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजना तथा देवघाट गाउँपालिकाको प्राविधिकको सहयोगमा खानेपानी मर्मत सम्भार कार्यकर्ताहरुको लागि १० दिने प्लम्बिङ सम्बन्धी तालिम सुरु भएको छ ।

देवघाट ४ बगन्धी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा देवघाट वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौरी प्रसाद आचार्य, कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, नेकपा ऐमाले देवघाट गाउपालिका पुर्व अध्यक्ष केशवचन्द्र न्यौपाने, वडा नम्बर ५ का वडा सदस्य यम बहादुर मगर लगायतले तालिम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य देवघाट ४ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको उपाध्यक्ष बल वहादुर क्षेत्रीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

महिला र्याली पछि एमालेमा बढेको आत्मविश्वासः यसपटक महिलाको नेतृत्वमा इतिहाँस रच्ने दाबी

तनहुँ । फागुन १८ नेकपा एमालेले आइतबार दमौलीमा विशाल महिला र्याली निकाल्यो । चुनावी अभियानको