दमौली अस्पताललाई एनेस्थेसिया अपरेशन उपकरण सहयोग

Devghat Online

शेयर गरौ

दमौली, भदौ २६

दमौली अस्पतालमा पहिलो पटक बेहोस बनाएर अपरेशन गर्ने सुविधा थपिएको छ । हालसम्म बेहोस बनाइने उपकरण र प्रविधि अभावमा सामान्य अपरेशन हुन नसकेकामा अब त्यसखालका अपरेशन गर्ने बाटो खुलेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई बेहोस पार्ने उपकरण र प्रविधि सहयोग गरेको छ । हाल मध्यमखालका अपरेशन समेत हुन नसकेकामा एनेस्थेसिया वर्किङ स्टेशन आवश्यक रहेको अस्पतालले बताए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताललाई उपकरण पठाउने व्यवस्था मिलाएका हुन् ।

मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख परिवर्तन बरालले उपकरण सहयोग मागेका थिए । लगत्तै मन्त्रालयबाट यस्तो सहयोग पठाइएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किग स्टेशन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने मेसिन १ थान र मोनिटर १ थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए ।

हाल दुई चिकित्सकसमेत व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका अपरेशन गर्न सक्ने प्रमुख बरालले जानकारी दिए । उपकरण नभएर रोकिएको हो, उनले भने, अब बेहोस बनाउनुपर्ने साधारण अपरेशन थाल्न सकिन्छ । पित्तथैली तथा स्त्रीसम्बन्धी रोग र हड्डीको अपरेशन सेवा थाल्ने तयारी थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु