दमौली अस्पताललाई एनेस्थेसिया अपरेशन उपकरण सहयोग

Devghat Online

शेयर गरौ

दमौली, भदौ २६

दमौली अस्पतालमा पहिलो पटक बेहोस बनाएर अपरेशन गर्ने सुविधा थपिएको छ । हालसम्म बेहोस बनाइने उपकरण र प्रविधि अभावमा सामान्य अपरेशन हुन नसकेकामा अब त्यसखालका अपरेशन गर्ने बाटो खुलेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई बेहोस पार्ने उपकरण र प्रविधि सहयोग गरेको छ । हाल मध्यमखालका अपरेशन समेत हुन नसकेकामा एनेस्थेसिया वर्किङ स्टेशन आवश्यक रहेको अस्पतालले बताए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताललाई उपकरण पठाउने व्यवस्था मिलाएका हुन् ।

मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख परिवर्तन बरालले उपकरण सहयोग मागेका थिए । लगत्तै मन्त्रालयबाट यस्तो सहयोग पठाइएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किग स्टेशन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने मेसिन १ थान र मोनिटर १ थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए ।

हाल दुई चिकित्सकसमेत व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका अपरेशन गर्न सक्ने प्रमुख बरालले जानकारी दिए । उपकरण नभएर रोकिएको हो, उनले भने, अब बेहोस बनाउनुपर्ने साधारण अपरेशन थाल्न सकिन्छ । पित्तथैली तथा स्त्रीसम्बन्धी रोग र हड्डीको अपरेशन सेवा थाल्ने तयारी थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले