नेकपा एसका केन्द्रीय परिषद सदस्य भक्त रसाईलीद्वारा पार्टी परित्याग, स्वतन्त्र माओवादीको रुपमा रहने

Devghat Online

शेयर गरौ

दमौली, भदौ २६

तनहुँको भिमाद नपा निवासी नेकपा एकिकृत समाजबादीका केन्द्रीय परिषदका सदस्य भक्त रसाईलीले पार्टी परित्याग गरेका छन् । बुुधबार पोखरामा पत्रकारसम्मेलन गरि रसाईलीले नेकपा एकिकृत समाजबादी परित्याग गरेको जानकारी दिए ।

हालै सम्पन्न नेकपा एकिकृत समाजबादीको दशौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत एवं पारित भएको दस्तावेज माथि आफ्नो दृष्टिकोण, निश्कर्ष र निर्णय सार्वजानिक गर्दै रसाईलीले नेकपा एसको उक्त दस्तावेज क्रान्तिको शब्दजाल भित्र आफुलाई कम्युनिष्ट देखाउन धर्मधुस लागि परेको एउटा समान्य संसदीय यात्रालाई शुनिश्चित गरेको गतिलो लिखित प्रमाण भएको आरोप लगाएका छन् । उनले नेकपा एसले पारित गरेको नेपाली विशेषताको समाजबादी कार्यक्रम हात्तीको देखाउने दाँत बाहेक अरु केही नभएको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ति मार्फत रसाईलीले नेकपा (एस) परित्याग गरेको घोषणा गरेका छन् । विज्ञप्तिमा उनले सहिद परिवार, बेपत्ता योद्धाका परिवार तथा घाइते योद्धा र आम नेपाली कान्तिकारी जनता समक्ष नेपालको माओवादी आन्दोलनमा कम्पन पैदा हुने क्रममा विचारधारात्मक र सैद्धान्तिक हिसाबले माओवादी हुँदाहुँदै पनि प्राविधिक रुपले भिन्न स्थानमा टेक्न पुगेकोमा आत्मालोचित हुँदै अव आयन्दा म स्वतन्त्र माओवादीको रुपमा रहने जानकारी समेत गराएका छन् ।

पुर्व माओवादी नेता समेत रहेका रसाईली सर्वाेच्च अदालतद्वारा नेकपा विघटन पश्चात नेकपा एमालेमा रहेका थिए । एमालेमा केही महिना बसेपछि रसाईली नेकपा एकिकृत समाजबादीमा प्रवेश गरेका थिए । उनले बुधबारबाट नेकपा एसपनि परित्याग गरि पुनः माओवादी आन्दोलनमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा