देशैभर बाढीपहिरो : ७५ जनाले गुमाए ज्यान, ४३ जना अझै बेपत्ता

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज १२

बिहीबार रातिदेखि अविरल परेको वर्षाका कारण आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको पछिल्लो विवरण अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन्।

बागमती प्रदेशका अन्य जिल्लामा थप ३४ जनाको ज्यान गएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जना अझै बेपत्ता छन्। १५ जना घाइते भएका छन्।

काठमाडौँमा ११ जनाको ज्यान गएको छ। १० जना घाइते र ६ जना बेपत्ता छन्। भक्तपुरमा ५ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै मानवीय क्षति ललितपुरमा भएको छ। ललितपुरमा १८ जनाको ज्यान गएको छ। ५ जना घाइते भएको र १५ जना बेपत्ता रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

काभ्रेमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएको र १६ जना बेपत्ता रहेको पनि प्रहरीले जानकारी दिएको छ। सिन्धुलीमा एक जनाको शव फेला परेको छ।

धादिङमा एक जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ। मकवानपुरमा ७ जनाको मृत्यु भएको छ। दोलखामा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन्।  रुपन्देहीमा २ जना बेपत्ता छन्।

कोसी प्रदेशमा ८ जनाको ज्यान गएको छ। पाँचथरमा ५ जना र घनकुटामा २ जनाको मृत्यु भएको हो। झापामा ३ जना र पाँचथरमा ५ जना अझै बेपत्ता छन्। महोत्तरीमा एक जना बेपत्ता छन्।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उनले बताए । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।

झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र