दुई प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा

Devghat Online

शेयर गरौ

दमौली, पुस १५

गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमा निर्माणाधिन पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने कालीगण्डकी नदीमाथि निर्मित पुल अन्तिम चरणमा पुगेको हो ।

फागुनभित्र पुल सञ्चालन गर्नेगरी कामहरू तीव्र गतिमा अगाडि बढेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । उनका अनुसार हाल फुटपाथ, पहुँचमार्ग, रेलिङलगायतका कामहरू भइरहेको छ ।

छ वर्षको अवधिमा पुल निर्माण भएको हो । उक्त पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ । दुई सय १० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत निर्माण भएको सिग्देलले जानकारी दिए ।

कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । यहाँ पुल निर्माण भएपछि स्थानीय खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्याे । पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ । मोटरेबल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुने स्थानीय रोमाकान्त पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो