सामाजिक विकास कार्यालय आफ्नै भवनमा

Devghat Online

शेयर गरौ

दमौली, पुस १५

सामाजिक विकास कार्यालय तनहुँ आफ्नै भवनमा सरेको छ । व्यास नपा–३ स्थित जिल्ला निर्वाचन कार्यालयको आडैमा निर्माण गरिएको साविकको महिला विकास कार्यालयको भवनमा सामाजिक विकास कार्यालय सरेको छ ।

उक्त कार्यालयको आइतबार गन्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुँद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले आफ्नै कार्यालयबाट जनतालाई दिइने सेवा छिटो र सहज हुनुपर्ने बताए ।

 

सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा गन्डकी प्रदेशका सांसदद्वय जितप्रकाश आले र अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरी आचार्यले कार्यालयको नवनिर्मित भवनको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रमको सन्चालन कार्यालयका लेखा अधिकृत कृष्ण न्यौपानेले गरेका थिए ।

लामो समयदेखी अलपत्र रहेको सो भवनको गिता मना जेभीले १ करोड १५ लाखको लागतमा निर्माण गरेको थियो । यस अघि सामाजिक विकास कार्यालय शिक्षा विकास तथा समन्वय इकाईको भवनमा २ वटा कोठाबाट सन्चालित थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक