रत्नहरि अस्पतालमा कुमारी बैंकमा ग्राहकलाई १० प्रतिशत छुट

Devghat Online

शेयर गरौ

दमौली, पुस १६

रत्नहरि मेमोरियल अस्पताल र कुमारी बैंक बीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट दिने निर्णय गरिएको छ । यसैगरी, बैंकका कर्मचारीलाई स्वास्थ्य सेवामा १५ प्रतिशत र औषधीमा ५ प्रतिशत छुट उपलब्ध गराउने कुरा पनि उल्लेख गरिएको छ ।

सम्झौतामा हस्ताक्षर रत्नहरि अस्पतालका सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठ र कुमारी बैंकका दमौली शाखा प्रमुख चिरिन्जीवी शर्माबीच गरिएको हो । सम्झौतापछि, कुमारी बैंकका ग्राहक र कर्मचारीहरूले अस्पतालका विभिन्न स्वास्थ्य सेवाहरु र औषधीमा छुटको सुविधा प्राप्त गर्न सक्नेछन् ।

विशेषगरी, अर्थो सेवा (अर्थोपेडिक उपचार) पनि यस सम्झौतामा समावेश गरिएको छ । सम्झौतामा रत्नहरि अस्पताल संचालक समितिका अध्यक्ष श्रेष्ठले कुमारी बैंकसँगको सहकार्यलाई स्वागत गर्दै स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि यस प्रकारका सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “हाम्रो अस्पतालले कुमारी बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा छुट दिने निर्णय गरेको छ, जसले समुदायको स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुर्याउनेछ,” उनले भने ।

कुमारी बैंकका दमौली शाखा प्रमुख शर्माले पनि सम्झौतामा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउनका लागि अस्पतालसँगको सहकार्य महत्वपूर्ण रहेको बताए । “यो सम्झौताले हाम्रो ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने र उपचारको खर्चलाई कम गर्ने अवसर प्रदान गर्नेछ,” उनले भने । सम्झौताले कुमारी बैंकका ग्राहक र कर्मचारीलाई रत्नहरि अस्पतालका सेवामा विशेष छुटको सुविधा प्रदान गर्ने छ, जसले दुवै संस्थाका बीचमा सहकार्यको स्तरलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल