रत्नहरि अस्पतालमा कुमारी बैंकमा ग्राहकलाई १० प्रतिशत छुट

Devghat Online

शेयर गरौ

दमौली, पुस १६

रत्नहरि मेमोरियल अस्पताल र कुमारी बैंक बीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट दिने निर्णय गरिएको छ । यसैगरी, बैंकका कर्मचारीलाई स्वास्थ्य सेवामा १५ प्रतिशत र औषधीमा ५ प्रतिशत छुट उपलब्ध गराउने कुरा पनि उल्लेख गरिएको छ ।

सम्झौतामा हस्ताक्षर रत्नहरि अस्पतालका सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठ र कुमारी बैंकका दमौली शाखा प्रमुख चिरिन्जीवी शर्माबीच गरिएको हो । सम्झौतापछि, कुमारी बैंकका ग्राहक र कर्मचारीहरूले अस्पतालका विभिन्न स्वास्थ्य सेवाहरु र औषधीमा छुटको सुविधा प्राप्त गर्न सक्नेछन् ।

विशेषगरी, अर्थो सेवा (अर्थोपेडिक उपचार) पनि यस सम्झौतामा समावेश गरिएको छ । सम्झौतामा रत्नहरि अस्पताल संचालक समितिका अध्यक्ष श्रेष्ठले कुमारी बैंकसँगको सहकार्यलाई स्वागत गर्दै स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि यस प्रकारका सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “हाम्रो अस्पतालले कुमारी बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा छुट दिने निर्णय गरेको छ, जसले समुदायको स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुर्याउनेछ,” उनले भने ।

कुमारी बैंकका दमौली शाखा प्रमुख शर्माले पनि सम्झौतामा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउनका लागि अस्पतालसँगको सहकार्य महत्वपूर्ण रहेको बताए । “यो सम्झौताले हाम्रो ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने र उपचारको खर्चलाई कम गर्ने अवसर प्रदान गर्नेछ,” उनले भने । सम्झौताले कुमारी बैंकका ग्राहक र कर्मचारीलाई रत्नहरि अस्पतालका सेवामा विशेष छुटको सुविधा प्रदान गर्ने छ, जसले दुवै संस्थाका बीचमा सहकार्यको स्तरलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक