भानु नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण शुरु

Devghat Online

शेयर गरौ

दमौली, पुस १६

भानु नगरपालिकामा पौष १४ गते देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरिएको छ । भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय परिचय पत्रको वितरणको कार्य प्रारम्भ गरे ।

पहिलो चरणमा वडा नम्बर १ बाट शुरू गरिएको वितरण प्रक्रिया क्रमशः अन्य वडाहरुको पनि भानु नगरपालिका भन्सार स्थित सेवा प्रवाह कार्यालयबाट वितरण गरिनेछ ।

प्रारम्भिक चरणमा पालिकाको पन्जीकरण शाखाबाट वितरण गरिने राष्ट्रिय परिचय पत्र, वडाबाट पनि नगरवासिको सहजताको लागि वितरण प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय संग अनुरोध गरिने नगर प्रमुख त्रिपाठीले बताए ।

नगरपालिकामा हाल सम्म पहिलो चरणमा ७ हजार २ सय १० र दोस्रोमा ३ हजार ५ सय ७० गरि जम्मा १० हजार ७ सय ८१ परिचय पत्र आई सकेको पन्जीकरण शाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको