भानु नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण शुरु

Devghat Online

शेयर गरौ

दमौली, पुस १६

भानु नगरपालिकामा पौष १४ गते देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरिएको छ । भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय परिचय पत्रको वितरणको कार्य प्रारम्भ गरे ।

पहिलो चरणमा वडा नम्बर १ बाट शुरू गरिएको वितरण प्रक्रिया क्रमशः अन्य वडाहरुको पनि भानु नगरपालिका भन्सार स्थित सेवा प्रवाह कार्यालयबाट वितरण गरिनेछ ।

प्रारम्भिक चरणमा पालिकाको पन्जीकरण शाखाबाट वितरण गरिने राष्ट्रिय परिचय पत्र, वडाबाट पनि नगरवासिको सहजताको लागि वितरण प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय संग अनुरोध गरिने नगर प्रमुख त्रिपाठीले बताए ।

नगरपालिकामा हाल सम्म पहिलो चरणमा ७ हजार २ सय १० र दोस्रोमा ३ हजार ५ सय ७० गरि जम्मा १० हजार ७ सय ८१ परिचय पत्र आई सकेको पन्जीकरण शाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा