नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव न्यौपानेलाई पितृशोक

Devghat Online

शेयर गरौ

दमौली, पुस १९

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव तथा प्रेस चौतारी नेपाल तनहुँका उपाध्यक्ष कृष्ण न्यौपानेलाई पितृशोक परेको छ । न्यौपानेका बुवा रामचन्द्र न्यौपानेको ५६ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

गत पुस १७ गते राती खाटबाट अकस्मात लड्दा टाउकोमा चोट लागेर घाइते भएका थिए । बुधबार पोखरामा उपचारका लागि लगेपनि चिकित्सकले टाउँकोमा रगत जमेकाले उपचार संम्भव नभएको भन्दै घर पठाएकोमा घरमै निधन भएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सहसचिव किरण श्रेष्ठले जानकारी दिए । स्व.न्यौपानेको पार्थिव शरीरलाई सेतीमादी नदी स्थित डमौलीघाटमा दाहसंस्कार गरियो ।

आबुँखैरनेी गाउँपालिकामा कार्यरत न्यौपानेको निधनमा आबुँखैरेनी गाउँपालिकाले शुक्रबार गाउँपालिकामा शोक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक