देवघाट, पुस १९
विश्वजागरण महाअभियान ट्रष्टले देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार विहान देवघाट क्षेत्र विकास समितिको प्राङ्गणमा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धा आश्रममा ट्रष्टका पदाधिकारीहरुले उक्त एक लाख रुपैयाँको चेक प्रदान गरेका थिए ।
उक्त अवसरमा देवघाट महामहोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराज, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल लगायतको उपस्थिती रहेको थियो ।