मिलिजुलीकप भलिवल खेलको उपाधि शुक्लगण्डकी १२ लाई

Devghat Online

शेयर गरौ

दमौली, पुस २०

मिलिजुली युवा क्लव बन्दीपुर गाउँपालिका–६ खहरेको आयोजनामा खहरेमा सञ्चालित ७ औं मिलिजुली कप २०८१ को उपाधि शुक्लागण्डकी १२ ले जितेको छ । जितसँगै शुभ्लागण्डकी १२ ले नगद एक लाख सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

तमु ल्होछारको अवसरमा गत पुस १५ गतेदेखी सन्चालित उक्त खुल्ला भलिवल प्रतियोगितामा आयोजक टिम मिलिजुली युवा क्लब बन्दीपुर–६ खहरे दोश्रो भएको छ । आयोजकले नगद ६० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा बागेश्वरी युबाक्लब, बन्दिपुर ६ तृतिय भई नगद ४० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

त्यसैगरि प्रतियोगितामा सान्त्वना भई बन्दिपुर–३ हल्थुम्काले नगद दश हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक सिद्धान्त गर्जा मगरले जानकारी दिए ।

प्रतियोगितामा बिजयी टिम र खेलाडीलाई शुक्रबार बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष थापाले यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभाहरुको पहिचान भई राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले पनि मन्तव्य राखेका थिए ।

प्रतियोगितामा ३४ टिमको सहभागीता रहेको क्लवका सचिव जित बहादुर थापाले बताए । मिलिजुली यूवा क्लवद्वारा हरेक वर्ष वडा स्वरीय खुल्ला भलिवल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्ना मगरले सबैको साथ र सहयोगले क्लबले आजसम्मको यात्रा गरेको चर्चा गर्दै क्लबले निरन्तर कार्यक्रम गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि