मिलिजुलीकप भलिवल खेलको उपाधि शुक्लगण्डकी १२ लाई

Devghat Online

शेयर गरौ

दमौली, पुस २०

मिलिजुली युवा क्लव बन्दीपुर गाउँपालिका–६ खहरेको आयोजनामा खहरेमा सञ्चालित ७ औं मिलिजुली कप २०८१ को उपाधि शुक्लागण्डकी १२ ले जितेको छ । जितसँगै शुभ्लागण्डकी १२ ले नगद एक लाख सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

तमु ल्होछारको अवसरमा गत पुस १५ गतेदेखी सन्चालित उक्त खुल्ला भलिवल प्रतियोगितामा आयोजक टिम मिलिजुली युवा क्लब बन्दीपुर–६ खहरे दोश्रो भएको छ । आयोजकले नगद ६० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा बागेश्वरी युबाक्लब, बन्दिपुर ६ तृतिय भई नगद ४० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

त्यसैगरि प्रतियोगितामा सान्त्वना भई बन्दिपुर–३ हल्थुम्काले नगद दश हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक सिद्धान्त गर्जा मगरले जानकारी दिए ।

प्रतियोगितामा बिजयी टिम र खेलाडीलाई शुक्रबार बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष थापाले यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभाहरुको पहिचान भई राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले पनि मन्तव्य राखेका थिए ।

प्रतियोगितामा ३४ टिमको सहभागीता रहेको क्लवका सचिव जित बहादुर थापाले बताए । मिलिजुली यूवा क्लवद्वारा हरेक वर्ष वडा स्वरीय खुल्ला भलिवल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्ना मगरले सबैको साथ र सहयोगले क्लबले आजसम्मको यात्रा गरेको चर्चा गर्दै क्लबले निरन्तर कार्यक्रम गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल