एमाले व्यास ४ वडा कमिटिद्वारा सरसफाई

Devghat Online

शेयर गरौ

दमौली, पुस २०

नेकपा एमाले व्यास नगरपालिका वडा ४ को वडा कमिटीले सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

वडा कमिटीद्धारा आयोजित उक्त सरसफाइ अभियान कार्यक्रम व्यास ४ भोर्लेटार चोक नजिकै नमुना टोल बिकास सस्थाबाट सुरु गरिएको छ । कार्यक्रममा व्यास ४ का वडा अध्यक्ष मनबहादुर गुरुङ नेकपा एमाले जिल्ला कमिटिका सदस्यहरु श्रीराम कार्की, ऋषिराम भुषाल, ईश्वर बहादुर बिष्ट, नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे, उपाध्यक्ष चिज बहादुर गुरुङ, टोल बिकास संस्थाका पदाधिकारी लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

यस्तो प्रकारको कार्यक्रमले पार्टीलाई जनतामाझ अझ परिचित बनाउन र आफ्नो टोल, वडा सफा राख्न मद्धत पुगेको सहभागी अतिथि लगायत सहभागी सबैको धारणा रहेको नेकपा एमाले व्यास ४ का अध्यक्ष सरोज बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को