एमाले व्यास ४ वडा कमिटिद्वारा सरसफाई

Devghat Online

शेयर गरौ

दमौली, पुस २०

नेकपा एमाले व्यास नगरपालिका वडा ४ को वडा कमिटीले सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

वडा कमिटीद्धारा आयोजित उक्त सरसफाइ अभियान कार्यक्रम व्यास ४ भोर्लेटार चोक नजिकै नमुना टोल बिकास सस्थाबाट सुरु गरिएको छ । कार्यक्रममा व्यास ४ का वडा अध्यक्ष मनबहादुर गुरुङ नेकपा एमाले जिल्ला कमिटिका सदस्यहरु श्रीराम कार्की, ऋषिराम भुषाल, ईश्वर बहादुर बिष्ट, नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे, उपाध्यक्ष चिज बहादुर गुरुङ, टोल बिकास संस्थाका पदाधिकारी लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

यस्तो प्रकारको कार्यक्रमले पार्टीलाई जनतामाझ अझ परिचित बनाउन र आफ्नो टोल, वडा सफा राख्न मद्धत पुगेको सहभागी अतिथि लगायत सहभागी सबैको धारणा रहेको नेकपा एमाले व्यास ४ का अध्यक्ष सरोज बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा