देवघाट जोड्ने त्रिशुलीको झोलुङ्गे पुल मर्मतको माग गर्दै देवघाटका अध्यक्ष थापा काठमाडौंमा

Devghat Online

शेयर गरौ

देवघाट, पुस २०

देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुल शिघ्र मर्मत गर्न दवाव दिन देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा काठमाडौं धाएका छन् । अध्यक्ष थापाले शुक्रबार ललितपुरको श्रीमहल स्थित सस्पेन्सन बृज डिभिजनको कार्यालयमा गई कार्यालय प्रमुखलाई भेटी त्रिशुलीको पुल यथाशिघ्र मर्मत गर्न माग गरेका छन् ।

दैनिक हजारौं नागरिक आवत जावत गर्ने उक्त पुलको पत्ताको केही भाग उक्किएर बाँसको कप्टेरो राख्नु परेको छ । २०३७ सालमा निर्मित उक्त पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । उक्त झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजन सहित दैनिक ६ हजार भन्दा बढि संख्याले उक्त पुलबाट आवतजावत गर्ने तथा मेला, महोत्सव तथा यज्ञ सन्चालन भएको दिनमा हजारौं भक्तजनले यही पुल प्रयोग गर्ने साथै सयौं स्थानीयहरुले दैनिक मोटरसाईकल समेत वारपार गर्ने कारणले पुल जिर्ण हुँदै गएको छ । माघे संक्रान्ति मेलामा त एकै दिन लाखौं भक्तजनले उक्त पुल मार्फत आवत जावत गर्छन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष थापाले पुल मर्मत गर्न यस अघि नै सस्पेन्सन बृज डिभिजन कार्यालयलाई पत्राचार गरिएपनि कुनै सुनुवाई नभएपछि आफै डिभिजनको कार्यालयमा गएको बताए । माघे संक्रान्ति मेला नजिकिईसकेको र अव एक सातापछि देवघाटमा हजारौं भक्तजन आउन थाल्ने र माघे संक्रान्तिको दिन पाँच लाख भन्दा बढि भक्तजन आउने हुँदा एक साता भित्र उक्त पुल मर्मत नगरे ठुलो दुर्घटना हुने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले पुस २५ गते भित्र उक्त पुल मर्मत गरिसक्नु पर्ने सस्पेन्सन बृज डिभिजनका योजना प्रमुख रामेश्वर मरहठ्ठा लगायत विभागका इन्जिनियरहरुको ध्यानाकर्षण गराएका थिए । उक्त अवसरमा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुवँर पनि थिए ।

देवघाट आउन जानकोलागि उक्त झोलुङ्गे पुल बाहेक ठिमुराको पुल, दासढुङ्गको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दीको पुल तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने जाने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने देवघाटका अगुवा एवं देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए ।

पौडेलले त्रिशुलीको झोलुङ्गे पुलले अव धान्न नसक्ने बताए । २०३७ सालमा निर्माण सम्पन्न भएको उक्त पुलमा हाल दैनिक ६ हजार जना भन्दा बढिले आवत जावत गर्ने र सयौं मोटरसाईकल वारपार गर्ने पौडेलले बताए निर्माण भएयताको यो ४४ वर्षमा करिब २ करोड जनाले उक्त पुलबाट आवत जावत गरेको पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए ।

अब जतिसक्दो चाँडो झोलुङ्गे पुलको विकल्प नखोज्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना हुन सक्ने पौडेलले बताए । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने अव उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाउनुपर्ने बताए । देवघाट गाउँपालिकाका अध्यक्ष थापाले पनि उक्त पुल जिर्ण भईसकेको हुँदा उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाउने विषयमा छलफल आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको