स्व.लिल बहादुर गुरुङको स्मृतिमा बन्दिपुर अस्पताललाई ईसिजी मेशिन सहयोग

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस २२

बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पताललाई इसिजी मेसिन प्रदान गरिएको छ । रोटरी क्लब अफ नारायणगढको समन्वयमा प्रधान सेवा समाज, चितवन र क्लबका सह–सचिब रो. संगीता गुरुङ र पति आनन्द गुरुङद्वारा स्वर्गीय ससुरा÷बुबा लिल बहादुर गुरुङको स्मृतिमा बन्दीपुर अस्पताललाई ईसिजी मेशिन प्रदान गरिएको हो ।

आइतबार एक समारोह बिच १२ च्यानलको करिब १ लाख १० हजार मूल्य बराबरको १ थान ईसिजी मेशिन सहयोग स्वरूप प्रदान गरिएको हो । रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रो. तारानाथ पाठक र प्रधान सेवा समाज, चितवनका अध्यक्ष मनोज प्रधानले बन्दिपुर गाँउपालिकाका अध्यक्ष एवं अस्पताल बिकास समितिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको बिशेष उपस्थितीमा मेडिकल सुपरिटेण्डेन्ट डा.कुलदीप खत्रीलाई संयुक्तरूपमा हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका संस्थापक अध्यक्ष रो.निरञ्जन प्रधानले स्वार्थ भन्दा माथी सेवा भन्ने पबित्र उद्देश्य बोकेर स्थापना भएको रोटरी क्लबले प्रधान सेवा समाज, चितवनसँग सहकार्य गरेर ईसिजि मेशिन बन्दिपुर अस्पताललाई सहयोग प्रदान गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

उनले साथै आगामी दिनमा अस्पतालको आवश्यकता अनुरूप सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । त्यसैगरि नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष तथा प्रधान सेवा समाज, चितवनका अध्यक्ष मनोज प्रधानले बन्दिपुरसँगको भावनात्मक सम्बन्धको कारण अस्पताललाई केहि गर्नु पर्छ भन्ने दायित्वबोधले गर्दा ईसिजी मेशिन उपहार स्वरूप प्रदान गरिएको बताए ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले अस्पताललाई ईसिजी मेशिन सहयोग स्वरूप उपलब्ध गरेकोमा अस्पतालको तर्फबाट हार्दिक धन्यवाद् सहित आभार ब्यक्त गरेका छन् । क्लबका अध्यक्ष तारानाथ पाठकको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम क्लबका सचिब सेवन पन्तले संचालन गरेका थिए ।

कार्यक्रममा अस्पतालका कर्मचारीहरू, क्लबका यज्ञमुनी बज्रचार्य, किरण नारायण श्रेष्ठ, अरूण श्रेष्ठ, बिकास सापकोटा, रोटरियन स्पाउजहरू अनु पन्त, एलिना शाक्य बज्राचार्य, प्रधान सेवा समाज, चितवनका सचिव प्रदिप प्रधान, सदस्य अमृत प्रधान र अस्पतालसँग समन्वय गरि सहयोग गर्नु हुने स्थानिय अनिल प्रजापति, पुष्कर प्रधान र सन्तोष प्रधान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको