दमौली, पुस २३
व्यास नगरपालिकाको माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता निर्मल माविमा हुने भएको छ । व्यास नगरपालिका शिक्षा तथा समाजिक विकास शाखाको आयोजना तथा निर्मल माविको व्यवस्थापनमा उक्त प्रतियोगिता यही पुस २६ गतेदेखी २८ गतेसम्म हुनेछ ।
उक्त प्रतियोगितामा छात्र र छात्रा भलिवल, छात्र र छात्रा कबड्डी ३. एथलेटिक्स तर्फ छात्रको १०० मि., २०० मि., ४०० मि. ८०० मि., ५५०० मि. ३००० मि. ४४१०० मि रिले, ४४४०० मि. रिले दौड तथा छात्रा तर्फ १०० मि., २०० मि., ४०० मि. ८०० मि. १५०० मि ३००० मि ४४१०० मि. रिले, ४४४०० मिटर रिले दौड उप्रलने र फ्याक्ने खेल, छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङथ्रो ८०० ग्राम, सटफुट १२ पाउण्ड तथा छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङथ्रो ८०० ग्राम, सटफुट १२ पाउण्ड खेल हुनेछ ।
त्यस्तै छात्र÷छात्रा बास्केटबल प्रतियोगिता, मार्सल आर्ट तर्फः कराते (सितेरिया) छात्र तर्फ ४२ के.जी. ४७ के.जी. ५२ के.जी. काता एकल र छात्रा तर्फ ४० के.जी, ४५ के. जी. ५० के.जी. काता एकल खेलमा प्रतिश्पर्धा हुने व्यास नगरपालिकाका शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख केदार आचार्यले जानकारी दिए ।
विद्यालयले सहभागी खेलाडीहरुको नामावली पठाउँदा चालू शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रुपमा अध्ययन गरिरहेका विद्याचीहरु मात्र खेलकुद प्रतियोगितामा सहभागि हुन सक्नेछन् । प्रतियोगितामा सहभागी खेलाडीहरुले एक खेल विद्यामा मात्र साहभागी हुन पाउनेछन् भने एथलेटिक्स तर्फ एक फिल्ड दुई ट्याक वा दुई फिल्ला एक ट्रयाकमा भाग लिन पाउनेछन् । प्रतियोगितामा सहभागी हुन चालू शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष भन्दा मुनिका छात्र छात्राहरु हुनुपर्नेछ जनाईएको छ ।