ऋषिङ्ग गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ सिल्ड बिजेता विद्यार्थीलाई शिव सरस्वती माविद्वारा सम्मान

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । ऋषिङ, पुस २३

ऋषिङ गाउँपालिकाद्वारा आयोजित विद्यालय स्तरीय राष्ट्रपती रनिङ सिल्ड तथा अध्यक्ष कप भलिवल प्रतियोगिताका बिजेता विद्यार्थीहरुलाई शिव सरस्वती माविले सम्मान गरेको छ । गत पुस १९ गते देखी २१ गतेसम्म वडा नम्बर १ को शुक्लामाविको खेलमैदानमा भएको विद्यालय स्तरीय राष्ट्रपती रनिङ सिल्ड तथा अध्यक्ष कप भलिवल प्रतियोगितामा वडा नम्बर ८ स्थित शिव सरस्वती मावि प्रथम भएको थियो ।

उक्त प्रतियोगितामा शिव सरस्वती माविले ५ स्वर्ण, २ रजत र २ कास्य सहित कुल ९ पदक प्राप्त गरेको थियो । त्यस्तै वडा नम्बर ५ स्थित जयदुर्गा माविले ५ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरि दोश्रो भएको थियो । त्यसैगरि वडा नम्बर १ स्थित दिपक माविले ३ स्वर्ण, ६ रजत र ४ कास्य पदक प्राप्त गरि तेश्रो भएको थियो । छात्र भलिवल प्रतियोगितामा भने शिव सरस्वती माविले वडा नम्बर ५ स्थित महेन्द्रोदय माविलाई हराएको थियो ।

सोमबार विद्यालयमा आयोजित विजय ¥याली तथा सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर श्रेष्ठ र विद्यालयका प्रअ लिलबहादुर श्रेष्ठले विजयी विद्यार्थीहरुलाई बधाई दिएका थिए ।

उक्त अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले खेलकुदमा युवा सहभागिताका लागि ऋषिङ्ग गाउँपालिकाको यो प्रयत्न प्रशंसायोग्य भएको बताए । प्रतियोगिताले विद्यार्थी भाईबहिनिहरुको खेल जिवनमा एक पृथक महत्व राख्ने र आम बिद्यार्थिहरुलाई खेल जगतको माध्यमबाट भाईचाराको सम्बन्ध स्थापित गर्नेछ भन्ने बिश्वास लिएको बताए । रनिङ सिल्डको सन्दर्भमा शिव सरस्वती माबिले ४१ बर्ष पश्चात् रनिङ सिल्ड (२०४० सालको बिरेन्द्र सिल्ड पश्चात) यो नै पहिलो भएको अध्यक्ष श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र