ऋषिङमा एक लाख रुपैयाँ राशीको भलिवल प्रतियोगता हुने

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । ऋषिङ, माघ १२

ऋषिङ गाउँपालिका–७ अर्खलछाप स्थित ऋषिङ युवा कल्याण क्लवले एक लाख रुपैयाँ राशीको भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवको ३२ औं बार्षिकोत्सवको अवसरमा क्लवले आगामी फागुन २ गतेदेखी शुद्ध वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

क्लवले ऋषिङ गाउँपालिका–७ अर्खलछाप स्थित गैराबारी खेलमैदानमा उक्त प्रतियोगिता गरिने क्लवका अध्यक्ष लालबहादुर आलेले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमले फागुन १ गतेसम्म टिम दर्ता गर्नुपर्ने अध्यक्ष आलेले जानकारी दिए । टिम दर्ताकोलागि ८ हजार रुपैयाँ शुल्क लाग्ने उनले बताए ।

प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः नगद एक लाख, पचास हजार, तिस हजार र २० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आलेले बताए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर तथा उत्कृष्ट ब्लकरकोलागि पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान