देवघाटमा माघे संक्रान्ति मेलालाई बिर्साउने माघे औंशीको मानव सागर

Devghat Online

शेयर गरौ

देवघाट, माघ १६

देवघाटमा माघे संक्रान्तिको दिन लाग्ने मेलालाई विशेष मानिन्छ । माघे सक्रान्तिको दिन देवघाटमा मानव सागर उर्लन्छ । नेपालमा लाग्ने मेलाहरु मध्ये माघे संक्रान्तिको दिन देवघाटमा लाग्ने मेलालाई नै सबैभन्दा ठुलो मानिन्थ्यो । उक्त दिन पाँच लाख भन्दा बढि भक्तजन देवघाट आउने दावी गरिन्छ । सो मेलालाई व्यवस्थापन गर्न देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति, इलाका प्रहरी कार्यालय तथा विभिन्न मठ मन्दिर र आश्रमहरुले महिनौंदेखी तयारी गर्थे ।

तर यसपटक त्यो भन्दा भिन्न परिस्थिती भएको छ । माघे संक्रान्ति मेलालाई बिर्साउने गरि त्यो भन्दा बढि अन्य दिनमा मानव सागर उर्लेको छ । बुधबार परेको माघे औंशीमा माघे संक्रान्तिको दिन भन्दा बढि भक्तजन देवघाट आएका छन् । माघे औंशी दिन विशेषगरि पितृको सम्मानमा स्नान गर्ने परम्परा छ । उक्त दिन त्रेतायुग सकिएर द्वापर युगको सुरुवात भएको पनि मानिन्छ । उक्त दिन माघे संक्रान्ति दिन भन्दा धेरै भक्तजन देवघाट आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

माघे औंशीको दिन जति भक्तजन आउँछन् भन्ने आंकलन थियो त्यो भन्दा पनि धेरै भक्तजन आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । देवघाट प्रवेश पर्ने आपँटारी, रामनगर, ठिमुरा र दासढुङ्गाबाट हजारौं सवारी साधनमा लाखौं भक्तजन देवघाट आएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।

आफुहरुको आंकलन भन्दा धेरै भक्तजन आएपछि व्यवस्थापन गर्न समस्या भएको बरालले बताए । देवघाटका सबै खाली ठाउँ सवारी साधनले भरिएको उनले बताए । सुरक्षाको व्यवस्थापन प्रभावकारी भएपनि भक्तजनको भिड हुँदा व्यवस्थापन गर्न समस्या भएको उनले बताए । बुधबारको भिड देवघाटमा आजसम्मकै पहिलो भएको उनले दाबी गरे । देवघाट प्रवेश गर्ने त्रिशुलीको झोलुङ्गे पुल तर्न घन्टौं लाम लाग्नु पर्ने अवस्था भएको थियो । पुल वरपर खुट्टा राख्ने ठाउँसम्म पनि नभएको स्थानीय बासिन्दाले बताए ।

देवघाटमा माघ १ गतेदेखी इश्वरकृष्ण महाराजले देवघाट महा–महोत्सव सन्चालन गरिरहेको कारणले पनि भक्तजनको भिड ह्वात्तै बढेको बताईएको छ । मकर मेला, देवघाट महा–महोत्सव र देवघाट दिब्यधाम शिलान्यास कार्यक्रमको कारण यस वर्ष माघ महिना भर नै हरेक दिन लाखौं भक्तजन देवघाट आएका छन् । यसले देवघाटको धार्मिक पर्यटन प्रबद्र्धनमा ठुलो टेवा पुग्ने देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए ।

माघे औंसीको अवसरमा यति ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति हुनु धार्मिक पर्यटन प्रवद्र्धनका लागि नयाँ अवसर भएको महा–महोत्सवका आयोजकहरू बताउँछन् । मातापिता सेवाश्रम तथा देवघाट दिव्यधामका परिकल्पनाकार र महोत्सवका सत्संकल्पकर्ता ईश्वर कृष्ण महाराजले देवघाटको धार्मिक तथा आध्यात्मिक महत्वलाई विश्वभर फैलाउनु आवश्यक रहेको र सरकारले यहाँको पुर्वाधार विकास र प्रचार प्रसारमा ध्यान दिने हो भने यस्तो भव्य सहभागिता हरेक वर्ष हुने बताए । यस अघि माघ १२ गते एकादशीको दिन पनि तिन लाख भन्दा बढि भक्तजन देवघाट आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता