भर्जन कालिका मन्दिर निर्माणको लागि ६ लाख ८५ हजार संकलन

Devghat Online

शेयर गरौ

देवघाट, माघ १६

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित भर्जन कालिका मन्दिरको निर्माणको लागि बुधबार एकै दिन ६ लाख ८५ हजार २८६ हजार रुपैयाँ संकलन भएको छ ।

माघे अौंशी मेलाको अवसरमा मेला स्थल बेणी संगममा मन्दिर निर्माणको बारेमा गरिएको माइकिङको प्रभाव र दान पेटिकामा संकलन गरिएको रकम मंगलबार एकै दिन करिब ६ लाख ८५ हजार २८६ रुपैया संकलन भएको भर्जन कालिका मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

अध्यक्ष न्यौपानेको नेतृत्वमा मन्दिर निर्माण समितिका पदाधिकारीहरु बिहानै देखी मेला परिसरमा आर्थिक सहयोग संकलनकोलागि खटिएका थिए ।

भर्जन कालिका मन्दिरको बारेमा मेला स्थलमा माईकिङ गरेपछि भक्तजनहरुले स्वतः स्फुर्त सहयोग गर्नु भएको अध्यक्ष न्यौपानेले बताए । यो रकमले अव मन्दिरको निर्माणमा ठुलो सहयोग पुग्ने न्यौपानेले बताए ।

मेला स्थलमा मन्दिर निर्माण समितिका सदस्यहरुले कौरा गित पनि प्रस्तुत गरेका थिए । मन्दिर निर्माणका लागि यश अघि माघे सक्रान्ती मेलामा ६ लाख ३७ हजार रुपैयाँ संकलन भएको थियो ।

भर्जन कालिका मन्दिर निर्माणकोलागि विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग उपलब्ध गराउँदै आएका छन् । ११ हजार रुपैयाँ भन्दा बढि सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाको नाम शिलालेखमा लेखिने अध्यक्ष न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर