फिस्लिङदेखी देवघाटसम्म राष्ट्रिय र्याफ्टिङ म्याराथन प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, माघ १७

गन्डकी प्रदेश खेलकुँद परिषद पोखराको आयोजनामा चितवनको फिस्लिङदेखी तनहुँको देवघाट गाउँपलिकासम्म राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप–२०८१ अल्ट्रा ¥याफ्टिङ्ग म्याराथन प्रतियोगिता विहिबार सम्पन्न भएको छ । सहासिक खेलकुँद जलपर्यटनको विकास गर्ने उक्त प्रतियोगिता आयोजना गरिएको गन्डकी प्रदेश खेलकुँद परिषदका सदस्य सचिव श्रीधर शर्माले बताए ।

गोसाईकुन्डबाट आएको त्रिशुली नदी धार्मिक दृष्टिले निकै महत्वपुर्ण रहेको भन्दै त्रिशुली र कालीगन्डकी नदीको संगमस्थल देवघाट धार्मिक दृष्टिकोणले निकै महत्वपुर्ण स्थान रहेको हुँदा खेलकुँदको माध्यमबाट धार्मिक पर्यटन प्रबद्र्धन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिएको शर्माले बताए ।

उक्त अल्ट्रा र्याफ्टिङ म्याराथन प्रतियोगितामा बागमती प्रदेश प्रथम भएको छ । त्यसैगरि गण्डकी प्रदेश दोश्रो, कोषी प्रदेश तेश्रो तथा त्रिभूवन आर्मी बि चौथो स्थान र त्रिभुवन आर्मी ए ले पाचौं स्थान हासिल गरेको थियो । प्रतियोगिताका प्रथम, द्वित्तीय ,तृतीय,सान्त्वनालाई क्रमशः ६० हजार, ४० हजार, २० हजार, १० हजार र ७ हजार नगद सहित मेडल र ट्रफि प्रदान गरिएको थियोे ।

बिजयी टिमलाई देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा बोल्दै प्रमुख अतिथी देवघाट गाउँपालिकाका अध्यक्ष थापाले यस कार्यक्रमले देवघाटको धार्मिक पर्यटन प्रबद्र्धन हुने बताए । उनले गाउँपालिकाले खेलकुँदको क्षेत्रलाई प्राथमिकताको साथ बजेट विनियोजन गरेको बताए ।

गन्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा समपन्न भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङ, देवघाट क्षेत्र विकास समितिक कार्यकारी निर्देशक सदन बराल, प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेश सदस्य गिरमान गुरूङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय