एमाले तनहुँले वडा केन्द्रीत तिन महिने अभियान सन्चालन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, माघ १९

नेकपा एमाले तनहुँले वडा केन्द्रीत तिन महिने अभियान सन्चालन गर्ने भएको छ । शुक्रबार जिल्ला कार्यालयमा सम्पन्न भएको नेकपा एमाले तनहुँ जिल्ला कमिटिको तेश्रो पुर्ण बैठकले आगामी बैशाख पहिलो सातासम्म चल्ने गरि वडा केन्द्रीत तिन महिने अभियान सन्चालन गर्ने निर्णय गर्दै उक्त अभियानको तिन महिने कार्ययोजना समेत पारित गरेको छ ।

उक्त अभियानको क्रममा नयाँ सदस्यता बनाउने, पुराना सदस्यता नविकरण गर्ने, भेला, बैठक, प्रशिक्षण, सार्वजानिक सुनुवाई, अग्रजलाई सम्मान तथा सभाहरु गर्ने भएको छ । त्यस्तै फागुन महिना भित्र सबै जनबर्गिय संगठनको अधिवेशन पनि उक्त अवधिमा सम्पन्न गर्ने बैठकले निर्णय गरेको एमाले जिल्ला सचिव प्रदिपराज अधिकारीले बताए ।

बैठकमा १० वटै पालिका कमिटिका अध्यक्षहरुले लिखित तथा मौखिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बैठकले पार्टी अनुशासन उल्लंघन गर्ने केही सदस्यहरुलाई निलम्बन गर्ने निर्णय समेत गरेको छ । उक्त बैठकमा यस अघि दोश्रो बैठकबाट मनोनित भएका १७ जना सदस्यहरुको सपथ ग्रहण गराईएको थियो ।

जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले स्थायी कमिटिका सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ, केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल, गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडी लगायतले निर्देशनात्मक मन्तव्य राखेका थिए । उक्त बैठकको सन्चालन सचिव प्रदिप अधिकारीले र स्वागत मन्तव्य उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक