देवघाट, माघ १९
भारतको सिक्किमा आयोजित दक्षिण एसियाली सोबुकाम कराँते प्रतियोगितामा देवघाट गाउँपालिका–५ क्युँदीकी मनिषा गुरुङ प्रथम भएकी छिन् । उक्त प्रतियोगिताको ५० केजी समुहको प्रतिश्पर्धामा एकल काँता तर्फ मनिषा प्रथम भएकी थिइन् ।
मनिषा सोही प्रतिश्पर्धाको कुमुते तर्फ भने तृतीय भईन् । दक्षिण एसियाली कराते प्रतियोगीतामा तनहुँ जिल्लाको तर्फबाट ५० केजी तौल समुहमा छनौट भई मनिषा प्रतिश्पर्धामा भाग लिन गएकी थिइन् । सिक्किममा गत माघ १६ गते सम्पन्न भएको प्रतियोगितामा मनिषा प्रथम भएकी थिइन् ।
कालिका मावि कराते प्रशिक्षक रुद्रबहादुर गुरुङले मनिषा उक्त प्रतियोगितामा प्रथम भएको बताए । प्रतियोगितामा प्रथम भई मनिषाले सिङ्गो देवघाटको नाम राखेकी गरुङले उनले बताए । मनिषाले प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्दा आफुलाई गर्व महशुस भएको उनले बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापले मनिषाले खेलकुँदको माध्यमबाट देवघाटको नाम राखेको बताए ।
अध्यक्ष थापाले खेलाडीहरुले खेलको माध्यमबाट गरेको प्रगतिले गर्दा गाउँपालिकाले खेल क्षेत्रमा बजेट बिनियोजन गर्न प्रेरणा मिलेको बताए । प्रतियोगितामा सहभागी हुन जानु अघि मनिषालाई अध्यक्ष थापाले शुभकामना सहित बिदाई गदाए मनिषाको यात्रा खर्च वापत २० हजार रुपैयाँ उपलब्ध गराएका थिए ।
कालिका मावि व्यवस्थापना समितिक अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले धेरै चुनौतीको बावजुद पनि कालिका माविकी विद्यार्थीले प्राप्त गरेको सफलता निकै महत्वपुर्ण भएको बताए ।