दक्षिण एसियाली सितोरियो सोबुकान कराँते प्रतियोगितामा देवघाटकी मनिषा प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, माघ १९

भारतको सिक्किमा आयोजित दक्षिण एसियाली सोबुकाम कराँते प्रतियोगितामा देवघाट गाउँपालिका–५ क्युँदीकी मनिषा गुरुङ प्रथम भएकी छिन् । उक्त प्रतियोगिताको ५० केजी समुहको प्रतिश्पर्धामा एकल काँता तर्फ मनिषा प्रथम भएकी थिइन् ।

मनिषा सोही प्रतिश्पर्धाको कुमुते तर्फ भने तृतीय भईन् । दक्षिण एसियाली कराते प्रतियोगीतामा तनहुँ जिल्लाको तर्फबाट ५० केजी तौल समुहमा छनौट भई मनिषा प्रतिश्पर्धामा भाग लिन गएकी थिइन् । सिक्किममा गत माघ १६ गते सम्पन्न भएको प्रतियोगितामा मनिषा प्रथम भएकी थिइन् ।

कालिका मावि कराते प्रशिक्षक रुद्रबहादुर गुरुङले मनिषा उक्त प्रतियोगितामा प्रथम भएको बताए । प्रतियोगितामा प्रथम भई मनिषाले सिङ्गो देवघाटको नाम राखेकी गरुङले उनले बताए । मनिषाले प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्दा आफुलाई गर्व महशुस भएको उनले बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापले मनिषाले खेलकुँदको माध्यमबाट देवघाटको नाम राखेको बताए ।

अध्यक्ष थापाले खेलाडीहरुले खेलको माध्यमबाट गरेको प्रगतिले गर्दा गाउँपालिकाले खेल क्षेत्रमा बजेट बिनियोजन गर्न प्रेरणा मिलेको बताए । प्रतियोगितामा सहभागी हुन जानु अघि मनिषालाई अध्यक्ष थापाले शुभकामना सहित बिदाई गदाए मनिषाको यात्रा खर्च वापत २० हजार रुपैयाँ उपलब्ध गराएका थिए ।

कालिका मावि व्यवस्थापना समितिक अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले धेरै चुनौतीको बावजुद पनि कालिका माविकी विद्यार्थीले प्राप्त गरेको सफलता निकै महत्वपुर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको