देवघाट, माघ १९
नेपाल मगर संघ, देवघाट गाउँपालिका २ नम्बर वडा स्तरीय वडा मगर भेला बिहिवार ब्यागनमा सम्पन्न भएको छ । वडा अध्यक्ष मीन बहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगरले गरेका थिए ।
भेलाले टेक बहादुर थापा मगरको अध्यक्षतामा १५ सदस्यीय नेपाल मगर संघ, देवघाट गाउँपालिका २ नम्बर वडा समिति गठन गरेको छ । सो वडा समितिको उपाध्यक्ष पदमा हिरा बहादुर थापा मगर, सचीवमा नरेश थापा मगर कोषाध्यक्ष पदमा टीका थापा सारु मगर र सह–सचीव पदमा धनमाया रेश्मी थापा मगर चयन भएका छन । सदस्य हरुमा लोकेश थापा मगर, इन्द्र बहादुर सुनारी मगर, निता थापा आले मगर, बिमला थापा मगर, युवराज मगर (यम), खेल बहादुर थापा मगर, बिजय थापा मगर, नर बहादुर थापा मगर चयन भएका छ्न ।
सो भेलाले वडा अध्यक्ष मिन बहादुर राना मगरको संयोजकत्वमा सल्लाहकार समिति पनि गठ्न गरेको छ । सल्लाहकार सदस्यहरुमा दुर्ग बहादुर थापा मगर, दिल बहादुर बाचे मगर, युधिर कालासारु मगर, सिरीमाया थापा मगर, कुमारी आले मगर र कल्पना सारु मगर चयन भएका छन् ।
भेलामा २ नम्बर वडाका १५ वटा टोल विकास संस्थाका मगर प्रतिनिधि, वडा स्तरीय महिला संजालको प्रतिनिधि, स्थानीय आमा समूह, युवा क्लबका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो भने, नेपाल मगर संघ जिल्ला समिति तनहुँका उपाध्यक्ष एवं देवघाट गाउँपालिका इन्चार्ज हर्क बहादुर थापा मगर, नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष खडक पामी आलेको पनि विशेष उपस्थिति रहेको थियो ।