आबुँखैरेनी गाउँपालिका दोश्रो अध्यक्ष कप भलिवलको उपाधी इप्रका आबुँखैरेनीलाई

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, माघ १९

आबुँखैरेनी गाउँपालिकाको आयोजनामा शनिबार सम्पन्न भएको आबुँखैरेनी गाउँपालिका दोश्रो अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जितेको छ ।

‘स्वास्थ्यका लागि खेलकँुद, राष्ट्रका लागि खेलकुँद’ भन्ने नाराका साथ माघ १८ गतेदेखी आयोजित उक्त प्रतियोगितामा वडा नम्बर ३ को टिम उपबिजेता भएको थियो । रामशाह माविको खेलमैदानमा सम्पन्न भएको उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

बिजेता र उपबिजेता टिमलाई आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा अध्यक्ष चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, शिक्षा अधिकृत निर्मला कुँवर लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर