सिर्जनाचोक भेट्रान्स क्लव भरतपुरद्वारा लमजुङको दुराडाँडामा निशुल्क स्वास्थ्य शिविर

Devghat Online

शेयर गरौ

चितवन, माघ २०

भरतपुर महानगरपालिका वडा नम्वर ७ मा रहेको सृजनाचोक भेट्रान्स क्लवको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लवको आयोजनामा लम्जुङको सुन्दरबजार नगरपालिका वडा नम्वर ४ दुराडाँडा र शान्ति सिर्जना प्रावि सत्रसयमा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको हो । कार्यक्रम चितवन मेडिकल कलेजको विशेषज्ञ एवम् प्राविधिक सहयोगमा भएको थियो ।

उक्त शिविरमा सामान्य चिकित्सा, मुटुरोग, बालरोग, दन्त रोग, महिला तथा प्रस्तुती, छाला रोग, हाड तथा जोर्निको ईसिजिका विशेषज्ञ डाक्टरबाट परिक्षण भएको थियो भने त्यस्तै निशुल्क औषधी वितरण पनि गरिएको थियो । शिविरमा जम्मा २ सय ८० जनाले लाभ लिएका थिए ।

सृजनाचोक भेट्रान्स क्लवका अध्यक्ष रुपकराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नम्बर ४ अध्यक्ष कृष्णप्रसाद अधिकारी, सिएमसि हस्पिटलका कोर्डिनेटर पारस अधिकारी, शान्ति सृजना प्राविका अध्यक्ष देउराज गुरुङ, विद्यालयका प्रधानाध्यापक सुदिप न्यौपानेले मन्तव्य राखेको क्लवका संरक्षक दिवस तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान