देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

Devghat Online

शेयर गरौ

देवघाट, माघ २२

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका छन् । देवघाटमा जारी देवघाट महा–महोत्सवमा मंगलबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशका ८० प्रतिशत जनता हिन्दु राष्ट्रको पक्षमा रहेको हुँदा नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने बताए ।

राजनीति र र धर्म अगल अगल विषय होइन् । राजनीति र धर्मलाई अलग अलग बनाएकै कारण देशमाथी बाह्य हस्तक्षेप बढ्दै गएको उनले बताए । आफु राजनीति र धर्मलाई सँगै लिएर जानु पर्ने मान्यतामा रहेको अध्यक्ष लिङदेलने बताए । धर्म सहितको राजनीतिले मात्र देशको भलो हुने उनले बताए । नेपालको बिग्रिएको राजनीतिलाई धर्म सहितको राजनीतिले मात्र सुधार्ने उनले दाबी गरे ।

धर्म निरेपक्षताको आडमा सनातन धर्ममाथिको अतिक्रमण सुरु भएको उनले बताए । अहिले पाथिभरामा देखिएको व्यापारिक हस्तक्षेप त्यसैको रुपमा भएको उनले बताए । यस्ता तत्वले भविष्यमा देवघाटमा पनि अतिक्रमण गर्ने उनले दाबी गरे ।

अध्यक्ष लिङदेनले अव नेपाललाई हिन्दु राष्ट्र बनाउने दुई वटा मात्र विकल्प रहेको बताए । पहिलो विकल्प आन्दोलन र दोश्रो विकल्प भनेको निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर संसदबाट संविधान संशोधन मार्फत धर्म निरपेक्षतालाई परिवर्तन गर्ने विकल्प रहेको उनले बताए । हिन्दु राष्ट्र चहाने हो भने हिन्दु राष्ट्रको वकालत गर्ने पार्टीलाई भोट दिनु पर्ने अध्यक्ष लिङदेलने बताए । धर्म निरपेक्ष पार्टीहरुलाई भोट हाल्नु भनेको हिन्दु राष्ट्रको विरोध गर्नु भएको उनले बताए ।

जनताको भोटको कारण देश धर्म निरपेक्षा भएको हुँदा भोट हाल्ने सबै जनता हिन्दु धर्म विरोधी भएको उनले बताए । उनले आफ्नै जिवनकालमा देशलाई हिन्दु राज्य बनाउन सकिने दाबी गरे । आफु हिन्दु राज्यको पक्षमा उभिएकै कारण आफुमाथि पनि विभिन्न पटक आक्रमणको प्रयास भएको उनले बताए । हिन्दु राज्यको पक्षमा उभिएकै कारण विभिन्न अनिष्ट र संकटको सामना गरेर यहाँसम्म आईपुगेको उनले बताए ।

अध्यक्ष लिङदेनले इश्वरकृष्ण महाराजको संकल्पमा भएको देवघाट महा–महोत्सवले सनातनी धर्मको रक्षा र सम्बद्र्धनकोलागि ठुलो भुमिका खेल्ने बताए । उनले राज्यले गर्नु पर्ने जेष्ठ नागरिक आश्रम स्थापनाको कार्य इश्वरकृष्ण महाराजको संकल्पमा भईरहेको हुँदा सबैले उहाँको सत्संकल्पमा सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ