प्रेस चौतारीले दिने विभिन्न पुरस्कारको घोषणा

Devghat Online

शेयर गरौ

काठमाडौं, माघ २२

प्रेस चौतारी नेपालले हरेक वर्ष दिने पुरस्कारको घोषणा गरिएको छ । प्रेस चौतारीले आफ्नो स्थापना दिवसको अवसर (२२ माघ) मा प्रदान गर्दै आएको पुरस्कार यस वर्ष आगामी फागुन २५ गतेद १० औं महाधिवेशनको उद्घाटन समारोहमा विराटनगरमा दिने निर्णय गरेको छ ।

प्रेस चौतारीले यस वर्ष हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार मातृका पौडेल (रामेछाप), अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार हेमन्त पौडेल (कैलाली), डा. शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लालबाबु शेख (पर्सा) र रिमा सोमै (पाल्पा), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार टपेन्द्र कार्की (काठमाडौं) र मालती केसी (सुर्खेत), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार उषा तामाङ (दोलखा) र रोशनी कठेत (सुनसरी) तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार गार्डेन राई (सोलुखुम्बु) र हरिश चन्द (डडेल्धुरा)लाई प्रदान गरिने प्रेस चौतारीले जनाएको छ ।

उक्त पुरस्कार नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नेछन् । चौतारीले यसअघि गठन गरेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार उक्त पुरस्कार दिने निर्णय भएको प्रेस चौचौतारीका महासचिव हिरामान लामाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास