घिरिङमा निशुल्क आँखा शिविरबाट ८५१ जनाको परिक्षण, २६ जनाको मोतिबिन्दुको शल्यक्रिया

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, माघ २६

घिरिङ गाउँपालिकामा सन्चलान भएको निशुल्क आँखा जाँच शिविरबाट ८ सय ५१ जनाले आँखा परिक्षण गराएका छन् । उनिहरु मध्य ३३ जनामा मोतिबिन्दुका बिरामी भेटिएको हो । शिविरको पहिलो दिन २३ गते वडा नम्बर ५ स्थित कामधेनु माध्यमिक बिधालय प्राङ्गणमा ४१७ जनाको परिक्षणमा २० जना मोतिबिन्दु र १५ जना जलबिन्दु भेटिएको थियो । यसैगरी २४ गते वडा नम्बर २ को राष्ट्रिय माध्यमिक बिधालयमा २ सय ८४ जनाको परिक्षणमा १० जनामा मोतिबिन्दु भेटिएको थियो भने वडा नम्बर ३ को चन्द्रज्योति माध्यमिक बिधालयमा १५० जनाको परिक्षणमा ३ जनामा मोतिबिन्दु भेटिएको हो ।

उक्त शिविरबाट मोतिबिन्दु प्रमाणित भएका ३३ जना मध्य २६ जनाको सुन्धारा स्वास्थ्य चौकिमा सल्यक्रिया गरिएको हो । सल्यक्रियामा सहभागी नभएका ७ जना बिरामिको हिमालय आँखा हस्पिटल घारिपाटन गएर उपचार गर्न सकिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले जनाए । सो शिविर बाट आँखा कमजोर भएकालाई निशुल्क चस्मा र औषधि समेत बितरण गरिएको थियो ।

घिरिङ गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा माघ २३ देखि २५ गते सम्म संचालन भएको शिविरको शनिबार समापन कार्यक्रम गरिएको थियो । वडा नं ३ का वडा अध्यक्ष तहल सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले सल्यक्रिया गरेका बिरामीहरुलाई जुस र बिस्कुट दिएर सम्मान गरेका थिए ।

अध्यक्ष थापाले गाउँका नागरिकहरु केही आर्थिक अभावका कारण र केहिले टाढाको सवारी यात्रामा कठिनाईका कारण रोग सहेर तथा लुकाएर बस्ने भएको कारण प्रत्येक बर्ष वडा–वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए । आगामी दिनमा पनि यस्तै अन्य प्रकारका शिविर सन्चालन गर्ने प्रतिबद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको