देवघाटमा शनिबार लाखौं भक्तजन, भक्तजन र सवारी व्यवस्थापन गर्न निकै सकस

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, माघ २६

माघ महिनाको अन्तिम शशिनबार देवघाटमा लाखौं भक्तजन आएका छन् । शनिबार भिमा एकादशी पर्व पनि परेको हुँदा त्रिशुली र कालिगन्डकीको संगममा स्नान गर्न तथा देवघाट महा–महामहोत्सव अवलोकन गर्न लाखौं भक्तजन आएका थिए । चितवन तर्फबाट आएका भक्तजनलाई रामनगर, ठिमुरा र दासढुङ्गाबाट देवघाट जाने प्रबन्ध मिलाईएको थियो । सवारीको चापले आपँटारीमा निकै ठुलो जाम परेको थियो ।

शनिबार देवघाटमा स्नान गर्न आएका सर्वसाधरणले सवारी पार्किङको व्यवस्था नहुँदा निकै सास्ती बेहोर्नु परेको छ । भक्तजनले ल्याएका साना ठुला सवारी सयौं सवारी साधन व्यवस्थित पार्किङ नहुँदा रोडमै पार्किङ गर्न बाध्य भएका थिए । बुधबार देवघाटमा भक्तजनको भिड व्यवस्थापनमा पनि निकै चुनौती बढेको थियो ।

दासढुङ्गा–देवपुर सडक खन्डको इलाका प्रहरी कार्यालयदेखी देपवुर तर्फ र घिनाटार–टाउनचोक सडकमा सयौं सवारी साधन अव्यवस्थित रुपमा पार्किङ गरिएका थिए । सवारीको जामले इप्रका अगाडीबाट भक्तजनहरु हिड्नु परेको थियो । त अव्यवस्थित पार्किङको कारण वेणी संगमसम्म पुग्न भक्तजनलाई निकै सास्ती भएको थियो । यसवर्ष माघे संक्रान्ति, माघ १२ गते षट्तिला एकादशी र माघ १६ गतेको माघे औंशीको दिन लाखौं भक्तजन देवघाट आएका थिए । रोडमा नअटेका सवारी साधन व्यक्तिको आँगनमा र बारीमा पनि पार्किङ गरिएका थिए ।

भक्तजन र सवारीको चाप बढेपछि आबुँखैरेनीबाट थप प्रहरी मगाईएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ । सवारीको चाप बढे पछि देवघाटमा कार्यरत एक जना ट्राफिक सहायक हवल्दारले सवारी व्यवस्थापन गर्न नसकेपछि उनको सहयोगकोलागि आवुखैरेनीबाट ट्राफिक प्रहरी मगाईएको ट्राफिक प्रहरी सहायक हवल्दार कपिल तिवारीले जानकारी दिए ।
भिड व्यवस्थापन गर्न स्थानीय बासिन्दाबाट कुनै सहयोग नपाईएको देवघाटका ट्राफिक सहायक हवल्दार तिवारीले बताए । घर अगाडी सवारी साधन रोक्न र पार्किङ गर्न स्थानीय बासिन्दाबाट कुनै सहयोग नभएको उनले बताए । खाली जग्गा धेरै भएता पनि जग्गाधनीले ठाउँ नदिदा सडकमा गाडि पार्किङ गर्न पर्ने कारणले दुई तर्फी सवारी साधान सञ्चालन गर्न समस्या भएको तिवारीले बताए ।

व्यापार बढेपछि व्यापारी मख्ख 

देवघाट महा–महोत्सव सुरु भएयता देघवाटका स्थानियले व्यपार व्यवसायबाट मनग्य आम्दानी गरेको व्यापारी पुरन प्रसाद पाण्डेले जानकारी दिए । महा–महोत्सव अघि दिनमा २ हजार कमाइ हुन गाह्रो हुनेमा महा–महोत्सव सन्चालन भएदेखी दैनिक २० हजारसम्मको व्यपार हुन थालेको उनले बताए । व्यापार बढेपछि स्थानीय व्यापारी मख्ख परेका छन् । चितवन र तनहुँ तर्फका दुबै बजार क्षेत्रमा मनग्य व्यापार भएको छ । देवघाट क्षेत्रमा पुजा पसल, खाजा पसल, फलफुल तथा जुस पसलमा ग्राहकको अत्याधिक भिड देखिन्छ ।

माघे संक्रान्ति मेलाको व्यवस्थापनकोलागि महिनादिन अघि देखी देवघाट क्षेत्र विकास समितिको नेतृत्वमा व्यवस्थापनको काम हुने र त्यसमध्ये पार्किङ व्यवस्थापन पनि पर्ने हुँदा त्यस दिन केही सहज भएपनि त्यस बाहेकको अन्य दिनमा भने क्षेत्रविकास समितिबाट कुनै सहयोग प्राप्त हुने स्थानीयको भनाई छ । यसले गर्दा सर्वसाधरणले निकै सास्ती भोग्नु परेको थियो ।

 

देवघाटमा माघ १ गतेदेखी विश्व जागरण महाअभियान ट्रष्टको आयोजना तथा इश्वरकृष्ण महाराजको संकल्पमा देवघाट दिब्यधाम शिलान्यास तथा देवघाट महा–महोत्सव चलिरहेको हुँदा हजारौं सर्वसाधरण दैनिक रुपमा देवघाट आएका छन् । चितवनको रामनगर र आँपटारीबाट देवघाट जान त्यस्तै सास्ती हुन थालेपनि अधिकांश भक्तजन दासढुङ्गा र ठिमुरा हुँदै देवघाट प्रवेश गर्न थालेका छन् । त्यस्तै त्रिशुलीको पुलबाट हजारौं सर्वसाधरण वारपार गरेका थिए । भिड बढेपछि त्रिशुलीको पुल पार गर्न सर्वसाधरणलाई घन्टौं लागेको थियो ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले मकर स्नान महोत्सव भएकोले भक्तजनहरु र सवारी साधनको चाप बढ्दै गएकोले पार्किङ व्यवस्थापन इलाका प्रहरी कार्यालय र नगरप्रहरीबाट भएको तर स्थान अभाव भएकोले समस्या भएको बताए । उनले भक्तजन तथा सवारी साधनको पार्किङ व्यवस्थापनकोलागि देवघाटबासीहरुले सक्दो सहयोग गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक