आबुँखैरेनी अस्पतालमा मुख तथा दन्त परिक्षण शुभारम्भ

Devghat Online

शेयर गरौ

दमौली, माघ २७
आँबुखैरेनी गाऊँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालमा आइतबार मुख तथा दन्त स्वास्थ्य सेवाको शुभारम्भ गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा आँबुखैरेनी गाऊँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, अस्पताल सञ्चालक समिति सदस्य मीना अधिकारी, गाउँपालिकाका पालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रेम बहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चुमानले आम नागरिक हरुलाई सर्वसुलभ तवरले स्वास्थ्य सेवा प्रदान गराउन गाऊँपालिका हर सम्भव प्रयासरत रहेको तथा सम्भावना हरुको खोजी गर्दै यहाँसम्म आईपुग्दा आ–आफनो स्थानबाट सहयोग गर्नुहुने सम्पूर्णलाई आभार व्यक्त गर्दै अस्पताल तथा अस्पताल मार्फत प्रदान गरीने सेवाहरु अझ चुस्त दुरुस्त बनाउन पालिका तथा अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा आबुँखैरेनी अस्पतालका मेसु.डा.डि.बि.क्षेत्रीले स्वागत मन्तव्य राख्दै मुख तथा दन्त स्वास्थ्य सेवा अन्तर्गत प्रदान गरिने उपचार सेवाको बारेमा जानकारी गराएका थिए । दन्त चिकित्सक डा.प्रेरणा भट्टराईले मुख तथा दन्त स्वास्थ्यको बारेमा जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो