व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा व्यास नगर बहुसाँस्कृतिक कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

दमौली, माघ २७

व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी फागुन ७, ८ र ९ गते व्यास नगर बहुसांस्कृतिक कार्यक्रम हुने भएको छ । दमौली अनसन चौतारीको खुल्लामन्चमा उक्त कार्यक्रम आयोजना हुन लागेको आइतबार व्यास नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति तथा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले विविध जातजातिको बसोवास र विविध सस्कृतिको धनी व्यास नगरपालिकाका आफ्नो संस्कृतिको संरक्षणको लागि यो कार्यक्रमको आयोजना गरिएको बताए । यहि सोच अनुसार नै व्यास नगर प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै मेयर न्यौपानेले प्रतिष्ठानद्वारा व्यास नगरभित्रका सम्पूर्ण जातजातिहरुको आ–आफ्नै मौलिक भाषा, साहित्य, संस्कार, संस्कृतिहरुको जगेर्ना, उत्थान र सम्वद्र्धन गर्ने उद्देश्य लिएको बताए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति काशिनाथ न्यौपानेले संस्कार र संस्कृतिको संरक्षणको लागि कार्यक्रम आयोजना गर्नुपरेको बताएका थिए ।

फागुन ७ गते प्रजातन्त्र दिवसको शुभअवसर पारेर यस प्रतिष्ठानले व्यास नगर पालिका भित्रका सम्पूर्ण जातजातिहरुको मौलिक संस्कृति झल्काउने व्यास नगर विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सम्पन्न लिएको प्रतिष्ठानका सदस्य देवी बहादुर बस्नेतले बताए । कार्यक्रममा प्रतिष्ठानका सदस्य मेघनाथ रिमालले सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने बिषयबस्तुको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम परिसरमा ललितकला, मूर्तिकला, चित्रकला आदि प्रदर्शन गरिनुका साथै सहभागीगी सबै जातिय समाज र समूहलाई रु १० हजार रुपैयाका दरले सहयोग प्रदान गरिनुका साथै झाँकीमा सहभागी समाज मध्येबाट प्रथम, द्धितीय र तृतिय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिने पनि उक्त अवसरमा जानकारी दिईएको थियो ।

प्रतिष्ठानकी सदस्य अन्जना तिमल्सेनाले सचालन गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति तथा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, प्रतिष्ठानका उपकुलपति एवं व्यासका अध्येता काशिनाथ न्यौपाने प्रतिष्ठानकी सह कुलपति एवं व्यास नपाकी उप मेयर ईन्दिरा दरै, व्यास नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत काशीराम गैरे, पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी लगायतका प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान