देवघाट, फागुन १०
देवघाट गाउँपालिकाका मेलमिलापकर्ताहरुको लागि लागि मेलमिलाप सम्बन्धी तिनदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । देवघाट गाउँपालिका न्यायिक समितिको आयोजना तथा संवाद सहजीकरण तथा मेलमिलाप केन्द्र चितवनको सहजीकरणमा गत विहिबारबाट सन्चालित उक्त तालिम शनिबार सम्पन्न भएको हो ।
शनिबार आयोजित तालिम समापन कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवानी प्रकृतिका विवादलाई वडा स्तरमै समाधान गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको हुँदा तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्ने बताए ।
न्यायीक समिती देवघाटका सदस्य एवं वडा नम्बर–५ का वडा सदस्य याम बहादुर मगरको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्ण पन्तले सञ्चालन गरेका थिए ।
उक्त तालिममा देवघाट गाउँपालिकाका पाँच वटै वडाका मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो । तालिममा संवाद सहजीकरण तथा मेलमिलाप केन्द्र चितवनका बन्दुराज पौडेल र कबिता अधिकारीले प्रशिक्षण दिएका थिए ।