तनहुँ । फागुन १०
नेपाल विद्यार्थी संघ तनहुँको पदस्थापना तथा प्रथम बैठक शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको कार्यालयमा समपन्न भएको छ ।
नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष आशिष कैनीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, जिल्ला सचिव लक्ष्मीभक्त खनाल, तनहुँ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिहरू क्रमशः श्यामकुमार मौराती र चुनामणी खनाल, महाधिवेशन प्रतिनिधि तथा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।